प्रेम देवान ÷आवर विराटनगर डट नेट
विराटनगर २४ असोज । थुप्रै चलचित्र निर्देशन गर्दा पनि सफलता हात पार्न नसक्ने केही निर्देशक छन् चलचित्र क्षेत्रमा । तर पनि एक महिला निर्देशक साहसीका साथ देखा परिन् दीपाश्री निरौला । पछिल्लो समय सर्वाधिक हिट चलचित्र बनाउने एक नम्बरमा नै पर्छिन दिपाश्री । उनले दुई चलचित्रबाटै सफलता हात पार्न सफल भएकी छिन् ।
‘छक्का पन्जा’बाट निर्देशन थालेकी दीपाले पुन दोस्रो चलचित्र ‘छक्का पन्जा २’ बनाईन् । २०७४ सालको दशैंको अबसरमा आफू निर्देशित चलचित्रलाई सिने हलमा ल्याईन् । बिजय दशमीको अवसर पारेर गत असोज ११ गते प्रदर्शनमा आएको यो चलचित्रले पनि ब्यावसाहिक रुपमा अगाडी बढिरहेको छ । चलचित्रले आज १३ औं दिन सम्म आई पुग्दा १२ करोड क्रस गरिसकेको दिपाश्रीले ओवीलाई बताईन् ।
हुन त दीपाश्री निर्देशित अघिल्लो चलचित्रले भने १६ करोडको ब्यवसाय गरेको थियो । ‘छक्का पन्जा २’ अहिले पनि प्रदर्शनरत रहेकोले चलचित्रले अघिल्लो सिक्वेलको ब्यवसायिक रेकर्ड छुने निर्देशक दिपाश्री निरौलाले आवर विराटनगर डट नेटसंग भनिन् ।
उनले भनिन् –‘छक्का पञ्चा एक भन्दा,छक्का पञ्जा दुई दर्शकले मनपराएका छन् । ‘हाम्रो मिहिनेत भन्दा पनि दर्शकको मायाले चलचित्रको राम्रो ब्यवसाय भइरहेको छ’ दीपाश्रीले भनिन् ‘दर्शक प्रती निकै आभारी छु ।’ विराटनगरको हिमालय हल टाकिजमा रिलीज भएको ११ गते र १२ गते लागे पछि पुन हिन्दी फिल्ममा जडुवा दुई लगाईएको थियो । त्यस पस्चात पुन सोमबारबाट हलमा छक्का पञ्जा दुई लागिरहेको छ ।
चलचित्रमा दीपकराज गिरी, प्रियंका कार्की, जितु नेपाल, बर्षा राउत, केदार घिमिरे, स्वस्तिमा खड्का, स्वरुपपुरुष ढकाल, आयुष्मान देशराज लगायतका कलाकारको मुख्य भूमिका रहेको छ । चलचित्रले अष्ट्रेलिया जानका लागि हुने कागजी सम्बन्धको कथालाइ कमेडी शैलीमा उठान गरेको छ ।

प्रतिक्रिया लेख्नुहोस