प्रेम देवान/ अवार विराटनगर डट नेट
विराटनगर २५ असोज । क्षेत्रिय ट्राफिक प्रहरी कार्यलयले गत असोज १ गते देखि विराटनगर लगायत एक नम्बर प्रदेशलाई हर्न निषेध क्षेत्र भनेर घोषणा गर्यो । तर आवश्यक आधारभुत पुर्वधार नै तयार नगरी राज्यले ल्याएको निती भने आम जनमासमा भने खासै पाच्य भएन । यसका विरुद्ध विराटनगरका नागरिक तथा युवा संघ सस्थाहरुले राज्यले ल्याएको यस प्रकारका नितीलाई अमान्य ठानेको छन् । राज्यका निकायहरुले नागरिकमाथी हप्की –दप्की गर्ने र जरिवाना तिराई राज्यको कोषलाई वृद्धिमात्र गरेको विराटनगरका युवाहरुले आरोप लगाएका छन् । विराटनगर नागरिक तथा युवा संघ सस्थाहरुले बुधबार विराटनगरको मुख्य ट्राफिक चोक स्थित करिब एक घन्टा जति विभिन्न प्लेकार्ड सहित प्रर्दशन गरेका थिए । उनीहरुले पहिले पूर्वधार अनि मात्र जरिना, नो हर्न अभियान सहरानीय छ तर, खै त पूर्वधार, अनावश्यक ध्वनी प्रदुषण नगरौ, विना पूर्वधारको हर्न अभियानले नागरिकलाई अनावश्यक सास्ती दिनुका साथै कर उठाउने वहाना मात्र दिनेछ लगायतका प्ले कार्ड सहित दुई दर्जन भन्दा बढी युवाहरुको सहभागिता रहेको थियो । ‘राज्यले नीती नियम लागु गर्नु पुर्व सबै व्यावरिक छन् की छैनन् भनेर भनेर पहिले अनुसन्धान गरेर मात्र यस्ता किसीमको नियम ल्याउन अभियान्ता बसन्त अधिकारीको भनाई छ ।’ उनी भन्छन् ‘नीती नियम लागु गर्दा व्यावरिक पक्ष र आवश्यक तयारी पुरा गरेर मात्र नियम कार्यनयन हुन सक्छ ।’ यसैविच उनीहरुले जिल्ला ट्राफिक प्रहरी कार्यलय मोरङका ट्राफिक प्रमुख मदन गिरीलाई ज्ञापन पत्र समेत बुझाएका छन् ।
चर्को हर्न बजाउने ५६५ जना कारबाहिमा
गत असोज १ गते देखि हर्न बजाउन नपाईने नियम ल्याए संगै मोरङ जिल्लामा अहिले सम्म ५६५ जनालाई कारबाही गरिकेको छ ।जिल्ला ट्राफिक प्रहरी कार्यलय मोरङको तत्याङ्गक अनुसार गत असोज १ गते देखि असोज २५ गते भित्र सम्म चर्को आवाज आउने गरि सवारी साधनमा हर्न बजाउने ५६५ जनालाई कारबाही गरी जरिवाना तिराएको जिल्ला ट्राफिक प्रहरी कार्यलय मोरङका ट्राफिक प्रमुख मदन गिरीले जानकारी दिए । अहिले सम्म सवारी साधनमा चर्को आवाज आउने गरी हर्न बजाउने ५६५ जनाबाट २ लाख ८२ हजार ५ सय राजश्व समेत उठाई सकेको छ ।

1 COMMENT

  1. The noise pollution must come down but that doesn’t mean we cannot honk the horn. Everything has its place and time. We must not blow the horn near hospitals, schools, orphanage homes, old retirees Home or near by police stations. Bigboy Know where to blow the horn then it saves millions lives. The blind corners and turning points of the roads, on coming vehicles on the wrong sides of the roads and to wake up the sleepy drivers horns are best to avoid the accidents.
    In province no 1 its brainless act of decision cause without any infrastructures and notices prohibit to honk the horn.
    The traffic head, police head and political head must been on high of alcohol to get this decision. Idiots..!!

प्रतिक्रिया लेख्नुहोस