file

विराटनगर १९ मंसिर । मोरङको बेलबारी नगरपालिका ८ मा आज दिउँसो बाबु छोराबीच झगडा हुँदा छोराले घरमा आगो लगाएका छन्।
बेलबारी नगरपालिका ११ बस्ने केवालाल राजबंशी र निजको छोरा ३४ बर्षिय कुमार राजबंशी बीच घरायसी झगडा हुँदा छोराले लाईटर बाली घरमा आगो लगाएका थिए।
आगो सल्किएर राजबंशीको २ तले काठको घरको आधाभाग जलेर नष्ट हुँदा ६ लाख बराबरको क्षति भएको पिडीतले बताए। आगो निभाउने क्रममा आगोले पोलेर ६५ बर्षिय केवालाल र सोही ठाउँका २३ बर्षिय लक्ष्मण ढुंगानाको शरिरको बिभिन्न भाग जलेर घाईते भएका छन्।
आगोले पोलेर घाईते राजबंशीलाई उपचारकालागी धरान घोपा पठाईएको छ भने ढुंगानाको नोबेल सामुदायिक अस्पताल बेलबारीमा उपचार भईरहेको छ।

उक्त आगो आगो लगाउने कुमार राजबंशीलाई इलाका प्रहरी कार्यालय बेलबारीको नियन्त्रणमा राखि थप अनुसन्धान भईरहेको छ।

 

प्रतिक्रिया लेख्नुहोस