११ औ राष्ट्रिय मानवबेचविखन तथा ओसारपसार विरुद्धको दिवशको अबसरमा नेपाल र भारतको सिमा क्षेत्रमा मंगरबार अनुगमन गर्दै मोरङका प्रमुख जिल्ला अधिकारी रामप्रसाद आचार्य लगायत सरोकारवालाहरु । तस्वीर ः प्रेम देवान

प्रेम देवान
विराटनगर १९ मंसिर । पर्सि बिहीबार विहान देखि हुन लागेको दोस्रो चरणको प्रतिनिधि र प्रदेशसभाको निर्वाचनलाई केन्द्रित गरेर भारतसँग सिमा जोडीएको सबै नाका मंगलबार बिहान देखि पुर्ण रुपमा सिल पारिएको छ ।

निर्वाचनलाई शान्तिपुर्ण सम्पन्न गर्न सीमा क्षेत्रमा तैनाथ नेपाल तथा भारत दुवै देशका सुरक्षाकर्मीले निर्वाचनलाई लक्षित गर्दै जोगबनी र रानी बोर्डर एरीयाको नाका हिजै बेलुका देखि सिल गरिएको हो ।
रानी बोर्डर एरीयमा खुल्ला सीमा क्षेत्र भएका स्थानमा सुरक्षाकर्मीले विशेष निगरानी बढाईरहेको ईलाका रानी प्रहरी कार्यलयका ईन्चार्ज सन्तोष निरौलाले जानकारी दिए ।
नेपाल र भारतको सीमा जोडिएका ४२ किलोमिटरलाई आज मंगलबार देखि पर्सि विहिबार बेलुकी ६ बजे सम्म सीमा नाका बन्द गरिएको मोरङका प्रमुख जिल्ला अधिकारी रामप्रसाद आर्चायले जानकारी दिए । आर्चायका अनुसार तीन दिन अवधीको ७२ घन्टा सम्मको लागी कुनै पनि सवारी साधनसहित कुनै पनि व्यक्ति आवतजावत गर्न पाईने छैन ।’ अतिआकस्मिक र व्यक्तिको संवेदनशीलता हेरेर प्रहरी, प्रशासनसँगको समन्वयमा आवतजावत गर्न दिइने जिल्ला प्रशासन कार्यालय मोरङले जनाएको छ । बोर्डर सिल भए पनि भारतबाट नेपाल तर्फ आउने नेपाली मतदाताहरू उल्लेखिय रूपमा देखिएका छन् । उनीहरूलाई आवश्यक कागजात देखाएर सहज रूपमा नेपाल प्रवेश गराईराखिएको छ । सीमा क्षेत्रमा तैनाथ नेपाल तथा भारत दुवै देशका सुरक्षाकर्मीले निर्वाचनलाई लक्षित गर्दै जोगवनी रानी बोर्डर खुल्ला सीमा क्षेत्रमा विशेष निगरानी बढाए रहेका छन् । भारतबाट नेपाल प्रवेश गर्ने र नेपालबाट भारत जाने नागरिक माथि कडा निगरानी बढाएको जनाइएको छ । साथै दुवै देशका सुरक्षाकर्मीले जिल्लाका विभिन्न स्थानमा संयुक्त रूपमा सीमा गस्ती समेत बढाएको छ । नेपालको तर्फवाट सशस्त्र प्रहरी, नेपाल प्रहरी र भारतीय एसएसबी, विहार तथा बंगला प्रहरीले सीमा सुरक्षामा निगरानी गरिरहेका छन् ।

प्रतिक्रिया लेख्नुहोस