मकालु टेलिभिजन

मकालु टेलिभिजन

मकालु टेलिभिजन पूर्वी नेपालबाट् प्रसारण हुन्छ। पहिलो पटक मिति २०६८ कार्तिक १८ गते देखि यसको प्रशारण विधिवत प्रारम्भ भएको हो । मकालु टेलिभिजनले पूर्वाञ्चलको आर्थिक व्यवसायिक, व्यपारिक, शैक्षिक, धार्मीक सामाजिक, साँस्कृतिक एवम् पर्याटकीय क्षेत्रको विकास, संरक्षण र प्रवद्र्धन गर्नमा महत्वपूर्ण योगदान पुर्याइरहेको छ ।
मकालु टेलिभिजन

धरानकै जेठो फुटबल प्रतियोगिता मानिएको अन्तर वडास्तरीय रेडबुल गोधुली फुटबल रनिङ कपको १८ औं संस्करण पुस १५ गतेदेखि सुरु हुने भएको छ ।
आयोजक गोधुली क्लबले पत्रकार सम्मेलन गर्दै धरान–१७ स्थित एन्फा टेक्निकल सेन्टरको खेल मैदानमा प्रतियोगिता हुने जानकारी दिएको छ । धरान उपमहानगरपालिकाका १९ टिमले सहभागिता जनाउने भएका छन् । प्रतियोगिताको विजेताले नगद १ लाख रुपैयाँ र ट्रफी हात पार्नेछ भने उपविजेताले नगद ५० हजार पाउनेछ ।

विजेताको पुरस्कार गएको संस्करणको भन्दा २५ हजार रुपैयाँ बढेको छ । प्रतियोगितामा व्यक्तिगततर्फ उत्कृष्ट खेलाडीलाई नगद १० हजार, हाई स्कोरलाई नगद ८ हजार, उदयीमान खेलाडीलाई नगद ५ हजार, फाइनल खेलको म्यान अफ दि म्याचलाई नगद ५ हजार दिइने क्लबले जानकारी दिएको छ । प्रतियोगिता सम्पन्न गर्न कुल ८ लाख ३१ हजार ३ सय रुपैया खर्च हुने क्लबको अनुमान छ ।


प्रतिक्रिया लेख्नुहोस