मकालु टेलिभिजन

मकालु टेलिभिजन

मकालु टेलिभिजन पूर्वी नेपालबाट् प्रसारण हुन्छ। पहिलो पटक मिति २०६८ कार्तिक १८ गते देखि यसको प्रशारण विधिवत प्रारम्भ भएको हो । मकालु टेलिभिजनले पूर्वाञ्चलको आर्थिक व्यवसायिक, व्यपारिक, शैक्षिक, धार्मीक सामाजिक, साँस्कृतिक एवम् पर्याटकीय क्षेत्रको विकास, संरक्षण र प्रवद्र्धन गर्नमा महत्वपूर्ण योगदान पुर्याइरहेको छ ।
मकालु टेलिभिजन

धनकुटामा आगामी माघको पहिलो साता राष्ट्रिय तेक्वान्दो प्रतियोगिता सञ्चालन हुने भएको छ ।
तीनदिने उक्त प्रतियोगिता माघ ४ देखि ६ गतेसम्म सञ्चालन गरिने धनकुटा सदरमुकाममा  आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइएको छ । प्रतियोगिता राष्ट्रिय तेक्वान्दो संघको आयोजना तथा राष्ट्रिय खेलकूद परिषद र जिल्ला खेलकूद विकास समितिको विशेष सहयोगमा सञ्चालन हुन लागेको तेक्वान्दो जिल्ला संघ धनकुटाका अध्यक्ष गौरव कार्कीले जानकारी दिनुभयो । प्रतियोगितामा १ सय ७० जना खेलाडी, १५ प्रशिक्षक तथा २५ जना निर्णायक सहभागी हुने छन् । विभिन्न ८१ पदकका लागि २७ इभेन्टमा प्रतिष्पर्धा हुनेछ । प्रतियोगिता सम्पन्न गर्न करिब ११ लाख रुपैयाँ खर्च हुने अनुमान गरिएको आयोजकले जनाएको छ ।

प्रतिक्रिया लेख्नुहोस