प्रेम देवान ÷आवर विराटनगर डट नेट
विराटनगर २७ मंसिर । एउटा महिला म्यादी प्रहरी माथी प्रहरी ईन्र्चाजद्धारा गरिएको अमानिय दुव्र्यवहारको घटना यतिबेला काठमान्डौ हेडक्वाटरबाट छानविन भईरहेको छ । घटना मोरङ जिल्लामा घटे पनि अति नै मावनविय दुषप्रयासको घटना भएका कारण मोरङ जिल्लामा घटनाको यथार्थ तत्य सत्य पत्ता लगाउन नसकेर यतिबेला उत्त घटनाबारे काठमान्डौ हेडक्वारटरमा छानविनको प्रकृया अगाडी बढिरहेको प्रहरी हेडक्वाटरले जनाएको छ ।
गत मंसिर २१ गते भएको प्रदेश र प्रतिनिधी सभाको चुनावमा खटिएर कार्यलयल तर्फ फर्किएका महिला म्यादी प्रहरी माथी ईलाका प्रहरी कार्यलयका नेमुवाका प्रहरी ईन्चार्ज टंक प्रसाद कोईरालले अति नै असभ्व्य र अमानिय दुव्र्यबहार गरेका थिए ।
दिनभरी चुनावमा खटेर आएका म्यादी प्रहरी महिला माथी अभद्र र अपशब्द भाषा प्रयोग गर्दै गाली गलौज गरे पछि सम्पुर्ण म्यादी प्रहरीहरुले प्रहरी उत्त कार्यलयमा ३ घन्टा सम्म प्रहरी ईन्र्चाजको कारबाहीको माग गर्दै नारावाजी समेत गरेका थिए । प्रहरी ईन्र्चाजद्धरा भएको महिला म्यादी माथीको दुव्र्यबहार आरोपमा जिल्ला प्रहरी कार्यलय मोरङले पनि छानविन समिती बनाई अनुसन्धान सुरु गरेको थियो ।
ईलाका प्रहरी कार्यलय नेमुवाका प्रहरी प्रहरी नायव निरीक्षक टंक प्रसाद कोईरालाले महिला म्यादी प्रहरी माथी कुटपिट तथा अपशब्द प्रयोग गर्दै राती ३ बजे नै उठाएर भाटाले पिट्ने , महिला म्यादी प्रहरीको कोठामा कपडा फेर्दै गरेको अबस्थामा सिधैं कोठामा प्रवेश गर्ने, कार्यलय परिसर भित्रै सुर्तिजन्य पदार्थ खाएर म्यादी प्रहरी कै अगाडी थुकेर असभ्यको परिचय दिने जास्ता आरोपमा अहिले टंक प्रसाद कोईराला माथी अनुसन्धान जारी छ ।
जिल्ला प्रहरी मोरङका प्रहरी प्रमुख (एसपी) अरुण कुमार बिसीका अनुसार,‘ महिला म्यादी प्रहरी माथी घटना भएको समाचार बाहिर आउनसाथ हामीले तुरन्त छानविन समिति बनायौ र हामीले अनुसन्धान पनि गर्यौ । त्यसै बेला प्रदेश प्रहरी कार्यलय र प्रहरी हेडक्वाटरबाट पनि छानविन समिती आएर घटनाबारे अनुसन्धान र बयान लिने काम भईसकेको छ एसपी विसीले भने ।’ ‘अब हामी भन्दा पनि माथील्लो तहले छानविन गर्दैछ, अहिले हामीले बोल्ने कुरा आउदैन हामी पनि माथीको पर्खाइमा छौं ।’

SP Arun kumar bc

आवर विराटनगर डट नेटले बारम्बार फोलोअप समाचार सँगै करिब ५ लाख भन्दा बढीले हेरिसकेको उत्त समाचारको भिडीयोमा पाठक तथा दर्शकले यसरी एक महिला म्यादी प्रहरी माथी गरीएको अमानिय व्यवहार प्रति प्रहरी ईन्र्चाजको कारबाहीको माग गर्नुपर्ने प्रतिmिक्रया दिएका छन् ।
यसैविच हामीले प्रहरी प्रधान कार्यालयका प्रवक्ता समेत रहेका प्रहरी नायव महानिरीक्षक मनोज न्यौपाने ( डिआईजी ) सँग बिहीबार यथार्थ कुरा बुझ्न खोज्दा डिआईजीले न्यौपाले भने आज विदा छ, भोली कार्यलयमा छानविन समितिका पदाधीकारीहरुसँग बुझेर जवाफ दिनेछु ।

प्रहरी प्रधान कार्यालयका प्रवक्ता प्रहरी नायव महानिरीक्षक मनोज न्यौपाने ( डिआईजी )

’ डिआईजी न्यौपानेले आवर विराटनगर डट नेटसँग भने घटना मोरङ जिल्लामा घटेको हो, हामीले सम्पुर्ण घटनाबारे अनुसन्धान, बयान लिएर आईसकेका छौ भोली शुक्रबार नभए आईतबार सम्म घटनाबारे जानकारी दिनेछौँ ।’

पुरानाे समाचार

प्रतिक्रिया लेख्नुहोस