काठमाडौँ २८ पुष । काँग्रेस नेतृत्वको सकारमा सहभागी रहेको नेकपा माओवादी केन्द्र शुक्रबार अर्थात् आजकै दिन देखि औपचारिक रुपमा सरकारबाट बाहिरिएको छ। एमालेसँग बाम तालमेल गरेर पछिल्लो प्रतिनिधि र प्रदेशसभामा चुनाव लड्ने भएसँगै देउवाद्वारा बिना विभागीय बनाईएक मओवादी केन्द्रका मन्त्रीहरुले शुक्रबार सामुहिक रुपमा राजिनामा दिएका हुन्। योसँगै माओबादी केन्द्र सरकारबाट औपचारिक रुपमै बाहिरिएको छ। आज बसेको देउवा सरकारको क्याबिनेट बैठकपछी माओबादीका तर्फबाट विनाविभागीय मन्त्री रहेका माओवादी नेता गिरिराजमणि पोखरेलले प्रधानमन्त्री शेरबहादुर देउवासमक्ष आफ्नो पार्टीको पत्रसहित सामुहिक मन्त्रीहरुको समुहिक राजीनामा पत्र बुझाएका थिए । माओबादीले एमालेसंग गठबन्धन बनाएपछी प्रधानमन्त्री देउवाले राप्रपालाई सरकारमा प्रवेश गराउँदै माओवादी केन्द्रका मन्त्रीहरुको जिम्मेवारी खोसेर बिना विभागीय बंईएका थिए। त्यसपछि मोबादिले पटक पटक सरकार छोड्ने घोषणा गरे पनि सरकार भने छोडेको थिएन। माओबादीले आफ्ना मन्त्रीहरु विनाविभागीय बनेको ६८ दिनपछि मात्रै शुक्रबार सरकार छाडेको हो। बिहीबारनै सरकार छोड्ने निर्णय गरेको माओवादीले बिहिबार सार्वजनिक विदा परेकाले आज शुक्रबार मात्रै सरकारसंग आफ्ना मन्त्रीहरुको राजीनामा बुझाएको हो । सरकारमा माओवादीका तर्फबाट ९ मन्त्री र ७ राज्यमन्त्रीहरु सहभागी रहेका थिए।
यी हुन् माओवादीका तर्फबाट देउवा सरकारमा रहेका मन्त्रीहरु मन्त्रीहरु
१. उपप्रधानमन्त्री कृष्णबहादुर महरा
२.गिरिराजमणि पोखरेल
३.जनार्दन शर्मा
४.टेकबहादुर बस्नेत
५.महेन्द्रबहादुर शाही
६.शिवकुमार मण्डल
७.आशा कोइराला
८.सन्तकुमार थारू
९.प्रभु साह राज्यमन्त्रीहरूमा
१.मोहम्द जाकिर हुसैन
२.राजसिंह यादव
३.श्यामकुमार श्रेष्ठ
४.कर्णबहादुर विक
५.छमबहादुर गुरुङ
६.गोमा कुँवर र
७.ओङदी शेर्पा


प्रतिक्रिया लेख्नुहोस