मकालु टेलिभिजन

मकालु टेलिभिजन

मकालु टेलिभिजन पूर्वी नेपालबाट् प्रसारण हुन्छ। पहिलो पटक मिति २०६८ कार्तिक १८ गते देखि यसको प्रशारण विधिवत प्रारम्भ भएको हो । मकालु टेलिभिजनले पूर्वाञ्चलको आर्थिक व्यवसायिक, व्यपारिक, शैक्षिक, धार्मीक सामाजिक, साँस्कृतिक एवम् पर्याटकीय क्षेत्रको विकास, संरक्षण र प्रवद्र्धन गर्नमा महत्वपूर्ण योगदान पुर्याइरहेको छ ।
मकालु टेलिभिजन

ईटहरी, २९ माघ ।
इटहरीमा सञ्चालनमा रहेको सिक्रेट हार्ट इङ्गलिस स्कुलको आयोजनामा आगामी फागुन १ देखि ४ गतेसम्म जिल्लास्तरीय दोस्रो सेस अन्तर विद्यालय भलिवल प्रतियोगिता सञ्चालन गरिने भएको छ ।
विद्यालयस्तरबाट नै बालबालिकाहरुलाई भलिवल खेलप्रति रुची जगाउने उद्देश्यले अघिल्लो बर्षदेखि प्रारम्भ गएिको अन्तर विद्यालयस्तरीय भलिवल प्रतियोगिता सम्वन्धि इटहरीमा आयोजित पत्रकार सम्मेलनमा प्रतियोगिताका विषयमा जानकारी दिईएको हो । प्रतियोगितामा जिल्लाका १७ वटा विद्यालयहरुले भाग लिने र प्रतियेगितामा छात्र र छात्राहरुको सहभागिता जनाउने सिक्रेट हार्ट विद्यालयका प्रधानाध्यापक दिपकुमार तामाङले जानकारी दिए ।


प्रतिक्रिया लेख्नुहोस