प्रेम देवान

विराटनगर, २९ माघ । विराटनगरमा पहिलो पटक प्रथम अन्तर विद्यालय भलिबल लिग च्याम्पेनसीप पुरुष भलिबल प्रतियोगिता हुने भएको छ ।मोरङ विद्यालय भलिबल कमिशन र मोरङ भलिबल संघको संयुक्त आयोजनामा भलिबल प्रतियोगिता हुन भएको हो ।
मोरङ विद्यालय भलिबल कमिशन र मोरङ भलिबल संघले विराटनगरमा सोमबार पत्रकार सम्मेलनको आयोजना गरी स्थानिय हाटखोलमा रहेको खेल मैदानमा फागुन १ गते देखि प्रतियोगिता हुने जनाएको हो ।
‘विद्यालयस्तरदेखी नै भलिबल खेलको विकास गर्न प्रतियोगिता गर्न लागेका हौं।, ’विद्यालय भलिबल कमिशन संघको अध्यक्ष प्रेमलालसिंह सुवालले भने, ‘भलिबलप्रतिको क्रेजलाई अझ विस्तार गर्न यस प्रतियोगिताको विद्यालयस्तरदेखि सुरु गरेका हौं ।’
विराटनगरमा फागुन ७ गते हुने फाइलनमा विराटनगर महानगरपालिका क्षेत्रका १५ वटा विद्यालयहरुको सहभागी रहने कार्यक्रम संयोजक इन्द्र राईले जानकारी दिए । पत्रकार सम्मेलनमा उनले भने, ‘यो खुल्ला प्रतियोगिता हो । निजी तथा सामुदायिक जुनसुकै विद्यालयहरुले भाग लिन पाउछन् ।’ कक्षा १० सम्मका अध्ययरत विद्यार्थीहरुले भाग लिन पाउनेछन् । नकाउटको आधारणमा हुने प्रतियोगिता सम्पन्न गर्न करिब १ लाख ८१ हजार रुपैयाँ खर्च हुने आयोजकले अनुमान गरेको छ । उक्त प्रतियोगिताको प्रायोजक विराटनगरमा रहेको बिकेभिएम स्कूलले गरेको छ । प्रतियोगिताको बिजेताले आकार्षण ट्रफि तथा मेडल प्राप्त गर्नेछन् ।


प्रतिक्रिया लेख्नुहोस