प्रेम देवान आवर विराटनगर डट नेट
विराटनगर १ फागुन । विराटनगर ७ मा रहेको सहिद रङगशाला परिसरमा कुनै बेला प्रेम गर्नेका लागी अंकमाल गर्दै माया पिरतीका मिठा – मिठा कुरा गर्ने गन्त्यव्य रहेको थियो । आमाबुबाको आँखा छल्दै सहिद रङ्गशालाको प्याराफिटमा प्रेमीप्रेमीका दिनभरी नै समय विताउने गर्दथे । त्यति मात्र हैन गाजा, चुरोट अनि भाङ खानेहरुको लागी पनि एउटा गन्त्यव्य नै मानिन्थ्यो सहिद मैदान । तर अब त्यस्ता क्रियाक्लाप गर्नेहरुका लागी नयाँ नियम लागु गरिएको छ ।
आज फागनु १ गते देखि सबैलाई समाधान अब तपाई रङ्गशालामा विना स्र्पोट युनिफर्म बाहेक प्रवेश गर्न पाहुनुहुने छैन उक्त स्थानमा ।

विराटनगर सहिद रङ्गशाला मैदान भित्र सोमबार विद्यार्थीहरु पढ्न जाने भन्दै सुरक्षागार्डले फर्काएका विद्यार्थीहरु ।
तस्वीर ः प्रेम देवान आवर विराटनगर डट नेट

मोरङ जिल्ला खेलकुद विकास समिति अन्र्तगतको ५ सदस्य समिति गठन भएको रङ्गशाला व्यावस्थापन समितिले तपाईलाई रोक लगाएको छ । राज्यले करोडौ लगानी गरेको संरचनमा दिनानुदिन विकृती मौलाएपछि आफूहरुले वाध्य भएर यो नियम लागु गर्न परेको रङ्गगशाला व्यावस्थापन समितिका संयोजक ओमप्रकाश मास्केले आवर विराटनगर जानकारी दिए । मास्केले भने, ‘दैनिकी स्कुल, कलेज युनिर्फममा नै विद्यार्थीहरु मैदान छिर्ने, अनि आखाँले हेर्न नै नसक्ने दृष्य देखिन थालेपछि वाध्यभएर यो नियम लागु गरेका हौँ ।’ त्यतिमात्र हैन बाहिरी युवायुवतीहरु पनि मैदान भित्र नै प्रवेश गरी चुरोट, खैनी, पान गुड्का भाङ्ग खाने जस्ता क्रियाक्लाप बढ्न थाले पछि सहिद मैदानको शो नै हराउन थालेपछि यस्तो क्रियाकलाप रोकेका हौँ ।
खेलाडीहरुले प्रशिक्षण लिरहदाँ मैदानको प्याराफिटमा केटा केटीले अंकमाल गरेर बसेको देखेर खेलाडीहरुलाई ध्यान अरु तिर नै डाईभर्ट हुनेहुदाँ खेलकुदको मौह नै हराउदै गरेको कारण यसरी हामीले नियम ल्याउनु परेको संयोजक मास्केले बताए ।
रङ्गशाला व्यावस्थापन समितिले मैदान रेखदेखका लागी अहिले दुईजना सेक्रेटी समेत राखेको छ । सेक्रेटीले विहान ४ बजेदेखि राती १० बजे सम्मका लागी देखदेख गर्ने काम गर्दै आएको छ । यसैविच रङगशाला व्यावस्थापन समितिले खेलाडी तथा सर्वसाधरणको लागी सदस्य कार्ड सिस्टम ल्याएको मैदान व्यावस्थापन समितिका अर्का सदस्य प्रविन राना मगरले बताए । मगरका अनुसार रातो कार्ड सर्वसाधरण, निलो भिआपी र हरियो खेलाडी तथा प्रशिक्षकहरुको लागी हो । उनीहरुले कार्डको लागी मासिक त्रैमासिक,अर्धवासिक वा वार्षिक रुपमा पैसा तिरेर कार्ड लिन सक्नेछन् । समितिले मासिक २ सय , त्रैमासिक ५ सय अर्धवार्षिक ९ सय र बार्षिक सदस्यका लागी १६ सय तिनुपर्नेछ । यसरी उठेको रकमबाट सेक्रेटी र मैदान मर्मत तथा सम्भारको लागी प्रयोग गरिने सदस्य मगरले बताए । मगर भन्छन्– ‘विराटनगर १ नम्बर प्रदेश राजधानी पनि भईसकोका कारण विराटनगरको पहिचान दिलाउनको लागी भएपनि यसरी एउटा कामको थालनि गरेकाछौ ।

प्रतिक्रिया लेख्नुहोस