मकालु टेलिभिजन
Latest posts by मकालु टेलिभिजन (see all)
- मोरङमा फागुनदेखि निःशुल्क स्वास्थ्य बिमा कार्यक्रम सञ्चालन हुने - Dec 31, 2018
- तराईमा शसस्त्र रुपमा संघर्षरतटोलीले हातहतियार बुझायो - Dec 13, 2018
- रंगेली नगरपालिका खुल्ला दिसामुक्त घोषणा, कार्यान्वयनमा समस्याहुने - Nov 16, 2018
बिराटनगर, १ फागुन ।
महाशिवरात्री पर्वको पूर्वसन्ध्यामा विराटनगरमा बृहत शान्ति पदयात्रा आयोजना गरिएको छ ।
ब्रम्हकुमारी राजयोग सेवा केन्द्रले आयोजना गरेको पदयात्राको प्रदेश नम्बर १ का डिआईजी ज्ञानविक्रम शाहले उद्घाटन गर । कार्यक्रममा बोल्दै शाहले धर्म र आध्यात्मले मानिसलाई सत्मार्गमा डो¥याउने भएकाले धार्मिक कार्यक्रमहरुको अयोजना हुनु महत्वपूर्ण रहेको बताए । ब्रम्हकुमारी राजयोग सेवा केन्द्रकी प्रमुख ब्रम्हाकुमारी गीतादिदीले राजयोग सेवाकेन्द्र मानव सेवामा समर्पित रहेर सद्चरित्र निर्माणमा लागेको बताईन् । झाँकीसहित निकालिएको बृहत शान्ति पदयात्राका सहभागीले विराटनगर क्षेत्रका विभिन्न भागको परिक्रमा गरेका थिए ।
सहभागीले राजयोगको जहदारोडस्थित केन्द्र परिसरबाट राजस्व कार्यालय उत्तर हनुमान मन्दिर, मेनरोड, कालीमन्दिर, गोल्छोचोकबाट तीनपैनीचोक हुँदै नगरक्षेत्रको विभिन्न भागको परिक्रमा गरेका थिए । महाशिवरात्रीको अवसरमा ब्रम्हकुमारी राजयोग सेवा केन्द्रले भोलि विराटनगरस्थित महेन्द्र मोरङमा एक भब्य समारोहको आयोजना गरेको जनाएको छ ।
