मकालु टेलिभिजन

मकालु टेलिभिजन

मकालु टेलिभिजन पूर्वी नेपालबाट् प्रसारण हुन्छ। पहिलो पटक मिति २०६८ कार्तिक १८ गते देखि यसको प्रशारण विधिवत प्रारम्भ भएको हो । मकालु टेलिभिजनले पूर्वाञ्चलको आर्थिक व्यवसायिक, व्यपारिक, शैक्षिक, धार्मीक सामाजिक, साँस्कृतिक एवम् पर्याटकीय क्षेत्रको विकास, संरक्षण र प्रवद्र्धन गर्नमा महत्वपूर्ण योगदान पुर्याइरहेको छ ।
मकालु टेलिभिजन

विराटनगर, १ फागुन ।
मोरङको जहदामा जारी शहिद कप नकआउट क्रिकेट टुर्नामेन्टमा दुई खेलमा नयां बजार क्रिकेट क्लब र भारतको अररिया क्रिकेट क्लब बिजयी भएका छन ।
दुर्गा मन्दिर खेल मैदानमा भएको पहिलो खेलमा जुडी मिलन युवा क्लबलाई पराजित गर्दै नयां बजार फोर स्टार क्रिकेट क्लब बिजयी भएको हो । १६ ओभरको सो खेलमा नया बजारले जुडीलाई १५ दशमलव १ बलमा अलआउट गर्दे ९६ रनको लक्ष्य दिएको थियो । जवाफी ब्याटिङमा उत्रिएको जुडी मिलन क्रिकेट क्लब १३ ओभरमा अलआउट हुंदै ६१ रनमै समेटिन पुग्यो । सो खेलमा फोर स्टार नयाँबजारका जितेन्द्र मण्डल म्यान अफ दि म्याच घोषित भए । यस्तै दोश्रो खेलमा भारतकै दुइ टिम बीच भएको खेलमा जोगबनीलाई पराजित गर्दै अररिया बिजयी भएको छ । सो खेलमा पहिलो ब्याटिङ गर्दै जोगबनीले १८ ओभरमा अल आउट हुदै ९६ रनको लक्ष्य दिएको थियो । प्रत्यूत्तरमा उत्रिएको अररियाले १९ दशमलव ३ ओभरमा ८ विकेट गुमाउदै लक्ष्य पूरा गरेको हो । दोश्रो खेलमा अररियाका आदित्यकुमार म्यान अफ दि म्याच घोषित भए ।

प्रतिक्रिया लेख्नुहोस