प्रेम देवान/आवर विराटनगर डट नेट
विराटनगर १ फागुन ।
ढुवानीको माल सामान ओसार पसारमा प्रयोग गर्ने कुनै पनि सवारी साधनमा यात्रु ओसार पसार गर्न पाईदैन । तर विराटनगरमा मंगलबार ट्याक्टरमा दुधेबालक देखि ६० बर्षे वृद्धवृद्धासम्म ओसार पसार गरेको भेटियो ।
दुर्गम बस्तीहरुमा यात्रा गर्नको लागि अन्य सवारी साधनको बिकल्प नहुँदा सर्बसाधारण ट्याक्टर चढेर यात्रा गर्छन् । तर त्यसैकोे झल्को दिने गरी बिराटनगरको मुख्य बजारमा नै ट्राफिक नियमको उल्लंघन गर्दै ट्याक्टरभरी यात्रा गर्दै गरेका थिए
मिालसामान ढुवानीका साधनमा पैसा तिरेर यात्रुहरुलाई ओसार पसार गर्न पाईदैन भनेर नियममा स्पष्ट उल्लेख गरिएको भएपनि त्यसको धज्जी उडाउँदै बिराटनगरको ब्यस्त सडकमा यात्रु बोकेका ट्याक्टरहरु भेटिए । ट्याक्टरमा यात्रा गर्नु जोखिमपुर्ण हो। ट्याक्टरमा नै यात्रा गरेर धेरैले ज्यान गुमाएका समाचारहरु दैनिक जस्तो आईरहेका छन् ।  फागुन १ गते देखिसुरु भएको सुन्दरी मोडको मेलामा जानेहरु ट्याक्टर नै रिजर्भ गरेर जाँदै थिए । सबैभन्दा चुनौतीपुर्ण यात्रा ट्याक्टर नै हो ।

तस्वीरमा देखाए झै यात्रा गर्नु कतिको सही या गलत ? सहजै अनुमान लगाउन सकिन्छ ।  यसरी यात्रा गर्दा कुनै घटना वा दुर्घटना भैहाले त्यसको जिम्मेवारी कस्ले लिने ? आखिर यसरी दुधे बालकलाई ट्याक्टरमा लिएर हिँड्दा कतिको सहज हुन्छ भनेर सोच्ने समेत काम अभिभावकबाट त भएन नै नियमन गर्ने निकाय पनि मौन नै देखिन्थे ।
यात्रु बोकेका ट्याक्टरलाई प्रहरीले एक त कार्वाही नै गरेन ।अनी गरिहाले पनि पाँच सय देखि एकहजार पाँच सयसम्मको रसिद थमाएर छाडिदिने गरेको भेटियो । ट्राफिक प्रहरीले यस्तो जोखिम पुर्ण यात्रा गराउँदा समेत रमिते वन्नुलाई देख्नेहरुले पनि राम्रो मानेनन् ।
जिल्ला ट्राफिक प्रहरी कार्यलय मोरङका प्रमुख प्रहरी निरिक्षक मदन गिरीले प्राय धर्मकर्म र विवाह पार्टी र मलामी जस्तो कार्यमा प्रयोग गरेको भेटिने गरेकोले त्यस्तो अबस्थामा सम्झाउने बुझाउने प्रयास गरेर छाडिने गरेको बताए । ‘हामीले दुई पटकसम्म सम्झाउँछौ, उनले भने, ‘त्यपछि पनि अटेर गर्दा कार्वाही गर्ने हो, टाढाबाट यसरी आएकालाई कार्वाही गर्न पनि अप्ठेरो हुनेगरेको छ। ’यसरी ट्याक्टरमा यात्रा गर्नु जोखिमपुर्ण हो भनेर यात्रुले पनि सोच्नु पर्ने गिरीको भनाई छ । गिरी भन्छन्, ‘यात्रुहरुमा यस्ता जोखिमपुर्ण यात्राले दुर्घटना निम्तन्छ भन्ने चेतनाको अभिवृद्धी जुनदिन सम्म हुदैन तबसम्म यसले निरन्ता पाईरहन्छ ।’


प्रतिक्रिया लेख्नुहोस