प्रेम देवान

विराटनगर, २१ फागुन । अन्तराष्ट्रिय महिला दिवशको अबसरमा विराटनगरमा ‘गल्स अन ब्हील’ प्रतियोगिताको आयोजना हुने भएको छ ।
विराटनगर प्राइम राउण्ड टेवल नं १० ले सोमबार विराटनगरमा पत्रकार सम्मेलनको आयोजना गरी दोस्रो सस्करणको रुपमा ‘गल्स अन ब्हील’ प्रतियोगिता गर्ने जनाएको हो ।
प्रतियोगितामा विशेष गरी स्कूटी चलाउने महिलाले स्कूटीमा चढेर विभिन्न खेलमा सहभागी गराउदै अंक आर्जित गर्ने जनाएको छ ।
संयोजक निखिल बंशलका अनुसार प्रतियोगितामा एउटा स्कुटीमा २ जना महिला बसेर यो प्रतियोगितामा सहभागी हुन सक्नेछन् । करिब १ सय वटा स्कूटी सहभागीको प्रतियोगितामा २ सय महिलाहरुले भाग लिन  भएका छन् ।
विराटनगरको जैन भवनबाट सुरु भएको ‘गल्स अन ब्हील’ प्रतियोगिता छुट्टा छुट्टै १२ स्थानमा राखिएको रमाइलो खेलहरु खेलेर बढी अंक प्राप्त गर्नेलाई विजेता घोषणा गरीने संयोजक बंशलले बताए ।

महिलाहरुको आत्मबल बढाउनका लागि सवारी साधन प्रयोग गरेर खेलहरु खेलाइन लागेको उनले बताए । यस अघि पनि २०१६ मा पहिलो प्रतियोगीता आयोजना गरीएको थियो । यस बर्ष प्रथम, द्धितिय र तृतियहुनेलाई क्रमश डबल डोर रेफ्रिजेरेटर, बासिङमेसिन र माइक्रो ओभन पुरस्कार प्रधान गरिने आयोजकले जनाएको छ । उक्त कार्यक्रममा राष्ट्रिय कलाकारको पनि सहभागीता रहने भएको छ । कार्यक्रममा राष्ट्रिय स्तरकी पप गायिका आस्था राउत तथा फिल्मी निर्देशक दिपाश्री आउने भएकी छिन् । उनीहरुले कार्यक्रममा आ– आफ्नो प्रस्तुती दिनेछन् ।


प्रतिक्रिया लेख्नुहोस