विराटनगर २९ फागुन । विराटनगर १४ मा रहेको साउथ एसियन स्कुल अफ टुरिजम एण्ड होटल मेनेजमेन्ट (सास्थम) कलेजले २०७० सालमा भर्ना भएका आफ्ना विद्यार्थीहरुलाई एक कार्यक्रम विच सम्मान गरी विदाई गरेको छ ।
कलेजले सोमबार आयोजना गरेको ग्राण्डिङ एण्ड फेवरेल सेरोमनी कार्यक्रम आयोजना गरि विदाई गरेको हो । २०७० सालमा भर्ना भएका वि.एच.एम र वि.वि.ए ४ बर्षे कोर्षको अध्ययन सकाएर सकाएर बसेका विद्यार्थीहरुलाई कलेजले विदाई गरेको हो ।


विदाई तथा सम्मान कार्यक्रममा कलेजमा परीक्षामा सर्वउत्कृष्ट हुने विद्यार्थी, तथा जेहेन्दार विद्यार्थीहरुलाई कलेजले अवार्ड प्रदान समेत गरेको थियो । विद्यार्थीहरुले आफूमा भएका प्रतिभाहरु समेत प्रस्तुत गरेका थिए । उनीहरुले कल्चरल फेशन ¥याम्पवकर्, गीत र नृत्य प्रस्तुत गरिएको कालेजका राजेस गुरुङले जानकारी दिए ।
कार्यक्रममा पूर्वाअञ्चल विश्वविद्यालयका उपकुलपति प्रा.डा धनश्याम लाल दास, रजिष्टार प्रमिला थापा, डिन प्रा.डा खगेन्द्र प्र आर्चय वि.एच .एमका कार्यक्रम संयोजक महेश्वर प्रसाद सिह, कलेज प्रमुख देवाराज श्रेष्ठ लगायतले विद्यार्थीहरुको उज्जवल भविष्यको कामना व्याक्त गर्दै विद्यार्थीले पढाईका अतिरिक्त खेलकुद क्षेत्रमा पनि योगदान पुर्याएको प्रति हौसला प्रदान गरेका थिए ।


प्रतिक्रिया लेख्नुहोस