विराटनगर २९ फागुन । विराटनगरमा ३ दिने प्रदेश नं १ स्तरिय महिलाबादी मञ्चभेला हुने भएको छ । महिलाको काम, मूल्यसहितको काम र मर्या्दित कामका विषयमा केन्द्रित रहेर महिला मानव अधिकार रक्षकहरुको राष्ट्रिय सञ्जालको आयोजनामा फागुन ३० गतेदेखि चैत २ गते सम्म कार्यक्रम हुने भएको हो ।


विराटनगरमा भोली बुधबार देखि ३ दिने प्रदेश नं १ स्तरिय महिलाबादी मञ्चभेला हुने जानकारी दिदै आयोजक समितिका पदाधिकारीहरु
तस्वीर ः प्रेम देवान
Advertisement

कार्यक्रममा स्थानीय तहमा रहेका महिला जनप्रतिनिधिहरु, महिला मानव अधिकार रक्षक र विभिन्न सामाजिक आन्दोलनका अगुवागरि करिव ३ सयको सहभागिता रहने आयोजकले सोमबार विराटनगरमा पत्रकार सम्मेलन गरि जानकारी दिईएको हो ।
भेलामा नव निर्वा्चित महिला जनप्रतिनिधिहरु र सामाजिक आन्दोलन, विशिष्ट महिला आन्दोलनमा महिलाबादी दृष्टिकोण र त्यसको महत्वको बारेमा धारणागत स्पष्टता ल्याउँदै सहकार्यको वातावरण सिर्जना लगायतको उद्देश्य राखिएर कार्यक्रम आयोजना गरिएको कार्यक्रम संयोजक मञ्जिता उपाध्यायले पत्रकार सम्मेलनमा जानकारी दिनुभयो ।
कार्यक्रमबाट महिलाको शरिर, श्रम र पहिचानका लागि स्थानीय रुपमा रहेका बाधाहरको पहिचान गर्दै तीनको न्युनीकरणका लागि एकिकृत धारणा निर्माण गरिने छ । विराटनगरको होटल प्यासिफिकमा आयोजना हुने प्रदेश स्तरिय कार्यक्रमको सामाजिक विकास मन्त्री जीवन घिमिरेले उद्घाटन गर्नुहुने छ ।


प्रतिक्रिया लेख्नुहोस