मकालु टेलिभिजन

मकालु टेलिभिजन

मकालु टेलिभिजन पूर्वी नेपालबाट् प्रसारण हुन्छ। पहिलो पटक मिति २०६८ कार्तिक १८ गते देखि यसको प्रशारण विधिवत प्रारम्भ भएको हो । मकालु टेलिभिजनले पूर्वाञ्चलको आर्थिक व्यवसायिक, व्यपारिक, शैक्षिक, धार्मीक सामाजिक, साँस्कृतिक एवम् पर्याटकीय क्षेत्रको विकास, संरक्षण र प्रवद्र्धन गर्नमा महत्वपूर्ण योगदान पुर्याइरहेको छ ।
मकालु टेलिभिजन

विराटनगर–इटहरी–धरान सडकखण्ड निर्माणमा ढिलाई हँुदा सर्वसाधारणले सास्ती व्यहोर्नु परेको छ भने अर्कातर्फ गुणस्तरीय काम हुन सकेको छैन । निर्माणमा ढिलाइ भइरहेको जनगुनासो बढेपछि विराटनगर महानगरपालिकाले विराटनगर–इटहरी–धरान सडक आयोजनाका प्रमुख विनोदकुमार मौवारसहितको टोलीसँग विराटनगर आसपासका काम भैरहेको क्षेत्रको निरीक्षण गरेको छ ।

Advertisement

अन्तर्राष्ट्रिय मापदण्डअनुसार छ लेनको सडक ५० मिटर चौडा हुनुपर्ने हो तर कोशी राजमार्गलाई छ लेन बनाउने भनिए पनि रानीदेखि इटहरीसम्म २७ मिटर र इटहरीदेखि धरानसम्म ३७ मिटरको बनाइँदैछ । विराटनगर रानीदेखि धरानसम्मको ४९ किलोमिटर राजमार्ग आर्थिक वर्ष २०७५÷७६ मा छ लेनको बनाइसक्नुपर्ने हो । योजनाको समयावधि सकिन लाग्दा पनि काम भने ३० प्रतिशत मात्र सकिएको छ ।

सिमेन्ट र बालुवा मुछ्दा सफा पानीले मुछ्नुपर्ने हुन्छ तर कोशी राजमार्गलाई छ लेनको बनाउने क्रममा जमेको हिलो फोहोर पानीले सिमेन्ट मुछ्ने काम भइरहेको छ । गुणस्तरीय कच्चापदार्थको प्रयोग नगरी लापरबाही गर्दा कमशल संरचना निर्माण भएको स्थानीयको भनाइ छ । स्थानीयले काम गुणस्तरहीन भैरहेको गुनासो गरेका छन् ।

योजनाको काम समयमै नसकिँदा सर्वसाधारणले सास्ती ब्यहोर्नु परिरहेको छ । आगामी असार मसान्तसम्म सकिनुपर्ने कामका लागि दुई अर्ब ५० करोड रूपैयाँ चाहिनेमा सरकारले चालु आर्थिक वर्ष ५९ करोड रूपैयाँ मात्र दिएको छ । सरकारले दिएको रकम सकिसकेकाले काम गर्न केही समस्या हुने प्रमुख विनोदकुमार मौवारको भनाइ छ ।

यता, विराटनगर महानगरपालिकाले भने व्यस्त सडकको ९ किलोमिटर छिटोभन्दा छिटो बनाउन आफूहरुले पहल गरेको जनाएको छ ।

योजना ल्याउने तर समयमा काम नसक्ने संस्कारले योजनाको लागत त बढ्नुका साथै सर्वसाधारणले लामो समयसम्म सास्ती ब्यहोर्नु परिरहेको छ । आमसर्वसाधारणलाई धुलो र हिलोबाट जोगाउन निर्माणलाई तीव्रता दिनु आवश्यक छ ।


प्रतिक्रिया लेख्नुहोस