विराटनगर ३ बैशाख । सुरक्षित मातृत्व सवैको दायित्वभन्ने मुल नाराका साथ सुरक्षित मातृत्व सेवा दिवश आज विराटनगरमा पनी मनाइएको छ । सुरक्षित मातृत्वको अभियानलाई थप प्रभावकारी वनाउन प्रतेकवर्ष यो दिवश मनाउने गरिन्छ ।विराटनगर महानगरपालिकाले दिवसको अवसरमा सुरक्षित मातृत्वसेवालाई महत्वका साथ अघि वढाउन सवै वर्डामा सुरक्षित मातृत्व अभियान संचालन गरेको जनाएको छ । महनगरपालिकाका मेयर भिम पराजुलीले स्वास्थ्य , सुन्दर महानगरपालिकानै हाम्रो अभियान भएकाले सुरक्षित मातृत्व सेवालाई अझै प्रभावकारी रुपमा अघि वढाइने वताउनुभयो ।
विराटनगर महानगरपालिका जनस्वास्थय महाशाखा प्रमुख भानु याङदेङले सुरक्षित मातृत्व सेवालाई स्थानिय स्तरसम्म पु¥याउनु अहिलेको आवश्यकता भएको वताउनुभयो । दिवसको अवसरमा मोरङ जिल्लाका स्वाथ्यकेन्द्र तथा अस्पतालहरुको आयोजनामा ¥याली तथा सचेतना मुलुक कार्यक्रमहरु भएको सिनियर अहेव एपोलो कुमार भगतले वताउनुभयो ।


प्रतिक्रिया लेख्नुहोस