मकालु टेलिभिजन

मकालु टेलिभिजन

मकालु टेलिभिजन पूर्वी नेपालबाट् प्रसारण हुन्छ। पहिलो पटक मिति २०६८ कार्तिक १८ गते देखि यसको प्रशारण विधिवत प्रारम्भ भएको हो । मकालु टेलिभिजनले पूर्वाञ्चलको आर्थिक व्यवसायिक, व्यपारिक, शैक्षिक, धार्मीक सामाजिक, साँस्कृतिक एवम् पर्याटकीय क्षेत्रको विकास, संरक्षण र प्रवद्र्धन गर्नमा महत्वपूर्ण योगदान पुर्याइरहेको छ ।
मकालु टेलिभिजन

विराटनगर, २ जेष्ठ ।
जिल्ला बन कार्यालय मोरङले अबैध रुपमा रुख कटान भएको पशुपति सामुदायिक बन पथरीशनिश्चरे १० मा छानबिन गर्न समिति गठन गरेको छ । इलाका बन कार्यालय बेलबारीका सहायक बन अधिकृत शत्रुधन देवको संयोजकत्वमा तीन सदस्यीय छानबिन समिति गठन गरेको जिल्ला बन कार्यालय मोरङका प्रमुख डा. बिनोद देवकोटाले जानकारी दिए । समितिमा जिल्ला बन कार्यालयका सहायक बन अधिकृत सरोजकुमारी कोइराला र प्रशासन फा“टका रोहित नेपाल रहेका छन । समितिलाई तत्काल छानबिन गरी प्रतिबेदन बुझाउन निर्देशन दिइएको छ । देबकोटाले इलाका बन कार्यालय पथरीका प्रमुख उमेशप्रसाद यादव र सेक्टर बन मंगलबारेका प्रमुख तारणीप्रसाद चौधरीलाई लिखित रुपमा स्पष्टीकरण सोधेको पनि जानकारी दिए ।
सामुदायिक बन उपभोक्ता समितिले ४६ वटा रुखको २ हजार ६ सय ७१ दशमलव ३४ क्यूबिक फिट काठ संकलनको अनुमति लिएर थप २० वटा सालको रुख अबैध रुपमा कटान गरेको समाचार सार्वजनिक भएको थियो ।


प्रतिक्रिया लेख्नुहोस