मकालु टेलिभिजन

मकालु टेलिभिजन

मकालु टेलिभिजन पूर्वी नेपालबाट् प्रसारण हुन्छ। पहिलो पटक मिति २०६८ कार्तिक १८ गते देखि यसको प्रशारण विधिवत प्रारम्भ भएको हो । मकालु टेलिभिजनले पूर्वाञ्चलको आर्थिक व्यवसायिक, व्यपारिक, शैक्षिक, धार्मीक सामाजिक, साँस्कृतिक एवम् पर्याटकीय क्षेत्रको विकास, संरक्षण र प्रवद्र्धन गर्नमा महत्वपूर्ण योगदान पुर्याइरहेको छ ।
मकालु टेलिभिजन

झापा, २ जेष्ठ ।
झापाको दमकस्थित सूर्योदय पाठशालाले भारतीय पाठ्यपुस्तक पढाएर राष्ट्रिय स्वभिमानमा आँच पुर्याउने काम गरेपछि युवा संघ झापाले आज विद्यालयमा तालावन्दी गरेको छ ।
युवा सघ झापाका अध्यक्ष शम्भु भण्डारीको नेतृत्वमा गएको टोलीले प्रीन्सिपल सिस्टर म्यागडिलिङ सिंहको कक्ष र प्रशासन कक्षमा ताला लगाउनुका साथै प्रिन्सिपल सिंहलाई राष्ट्रिय झण्डा दिंदै नेपालको स्वभिमानमा आक्रमण नगर्न चेतावनी दिएको छ । युवासंघले विदेशी शिक्षकहरु निकाल्नु पर्ने र राष्ट्रिय स्वभिमानप्रति पुर्याएको आघातप्रति नेपाली जनतासंग माफी माग्नु पर्ने माग सारेको छ । नेपालमा रहेको विद्यालयले भारतीय प्रकाशनका पाठयपुस्तक पढाएर राष्ट्पति, प्रधानमन्त्री लगायतका समग्र विषय र प्रसंगहरु उतैको सिकाइदा नेपाली राष्ट्रिय स्वभिमानमा आँच आएको भण्डारीले बताए । प्रिन्सिपल सिंहले त्यसमा आफूहरुले त्यो कुरा सच्याउने जवाफ दिईन् ।
त्यहाँ पढाइएको आधारभूत तहको पुस्तकमा जन्मभूमि भारत, हाम्रो राष्ट्रिय झण्डा भन्दै भारतको उल्लेख भएको र भारतमा पढाइ भएजसरी नै यहाँ पुस्तक पढाईएको पाइएपछि दमक नगरपालिकाले पनि स्पष्टिकरण लिएको थियो । कक्षा १ को कन्भरसेसन र ३ को मेन्टल म्याथ पुस्तकमा त्यस्तो कुरा उल्लेख भएको छ ।


प्रतिक्रिया लेख्नुहोस