मकालु टेलिभिजन

मकालु टेलिभिजन

मकालु टेलिभिजन पूर्वी नेपालबाट् प्रसारण हुन्छ। पहिलो पटक मिति २०६८ कार्तिक १८ गते देखि यसको प्रशारण विधिवत प्रारम्भ भएको हो । मकालु टेलिभिजनले पूर्वाञ्चलको आर्थिक व्यवसायिक, व्यपारिक, शैक्षिक, धार्मीक सामाजिक, साँस्कृतिक एवम् पर्याटकीय क्षेत्रको विकास, संरक्षण र प्रवद्र्धन गर्नमा महत्वपूर्ण योगदान पुर्याइरहेको छ ।
मकालु टेलिभिजन

बिराटनगर साउन २५ . सवारी दुर्घटनाका कारण हुने क्षति न्यूनीकरणका लागि सुनसरीको इटहरीमा ट्राफिक सचेतना एवं प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ ।
अन्तर्राष्ट्रिय युवा दिवसका अवसरमा हेल्पिङ युथ इटहरी र ट्राफिक प्रहरी कार्यलय प्रदेश १ ले संयुक्त रुपमा सचेतना कार्यक्रम सम्पन्न गरेको हो । हेल्पिङ युथ इटहरीका अध्यक्ष बिकल पौडेलले चालकहरुले आफै सावधानीपूर्वक सवारी चलाएको खण्डमा धनजनको क्षति न्यूनीकरण हुने बिश्वास व्यक्त गर्नुभयो । उहाँले धेरै जसो दुर्घटना मानवीय, यान्त्रिक, सडक र वातावरणीय कारणबाट हुने गरेको उल्लेख गर्दै चालक स्वंय सचेत भएर सवारी चलाउनपर्नेमा जोड दिनुभयो ।


प्रतिक्रिया लेख्नुहोस