मकालु टेलिभिजन

मकालु टेलिभिजन

मकालु टेलिभिजन पूर्वी नेपालबाट् प्रसारण हुन्छ। पहिलो पटक मिति २०६८ कार्तिक १८ गते देखि यसको प्रशारण विधिवत प्रारम्भ भएको हो । मकालु टेलिभिजनले पूर्वाञ्चलको आर्थिक व्यवसायिक, व्यपारिक, शैक्षिक, धार्मीक सामाजिक, साँस्कृतिक एवम् पर्याटकीय क्षेत्रको विकास, संरक्षण र प्रवद्र्धन गर्नमा महत्वपूर्ण योगदान पुर्याइरहेको छ ।
मकालु टेलिभिजन

विराटनगर, २९ भदौ ।
तीज तथा गणेश चतुर्थीको शुभअवसरमा बाराको विभिन्न स्थानमा भव्य गणेश चतुर्थी महोत्सवको आयोजना गरिएको छ ।
जिल्लाको जीतपुर, परवानीपुरमा भव्यताका साथ श्रीगणेश चतुर्थीको अवसरमा गणेश पूजाको आयोजना गरिएको हो । बिगतका वर्ष झैं यस वर्ष पनि श्रीसिद्धिविनायक पूजा समिति जीतपुर बाराको आयोजनामा जिल्लाको जीतपुरसिमरा उपमहानगरपालिका वडा नं.७ जीतपुर स्थित गौशालाको मैदानमा भव्य रुपमा पाँच दिने गणेश पूजाको आयोजना गरिएको छ ।
पुजाको पहिलो दिन आज विहान शोभा यात्रा निकालिएको छ । शोभा यात्राले हात्ती , घोडा र बाजागाजाका साथ जीतपुरको मुख्य सड्क हुँदै महोत्सव स्थलमा फर्किएको थियो । गणेश चतुर्थीमा श्रीगणेश भगवानको जन्म भएको हुुदा जन्मोत्सवको रुपमा पाँच दिनसम्म श्रीगणेश चतुर्थी महोत्सव मनाउने गरिएको छ ।


प्रतिक्रिया लेख्नुहोस