मकालु टेलिभिजन

मकालु टेलिभिजन

मकालु टेलिभिजन पूर्वी नेपालबाट् प्रसारण हुन्छ। पहिलो पटक मिति २०६८ कार्तिक १८ गते देखि यसको प्रशारण विधिवत प्रारम्भ भएको हो । मकालु टेलिभिजनले पूर्वाञ्चलको आर्थिक व्यवसायिक, व्यपारिक, शैक्षिक, धार्मीक सामाजिक, साँस्कृतिक एवम् पर्याटकीय क्षेत्रको विकास, संरक्षण र प्रवद्र्धन गर्नमा महत्वपूर्ण योगदान पुर्याइरहेको छ ।
मकालु टेलिभिजन

काठमाडौँ, २९ भदौ ।
साफ च्याम्पियनसिपमा सहभागिता जनाउँदै नेपाली राष्ट्रिय फुटबल टोली स्वदेश फर्किएको छ । बुधबार भएको सेमिफाइनलमा माल्दिभ्ससँग ३–० ले पराजित हुँदै नेपाल प्रतियोगिताबाट बाहिरिएको थियो । नेपालले समूह चरणको पहिलो खेलमा पाकिस्तानसँग २–१ को हार बेहोर्दै खराब सुरुवात गरेको थियो । त्यसपछिको खेलमा भुटानलाई ४–० र आयोजक बंगलादेशलाई २–० ले पराजित गर्दै समूह विजेताको रुपमा सेमिफाइनल प्रवेश गरेको थियो । अर्काे समूहबाट माल्दिभ्स समूह उपविजेता बन्दै अन्तिम चारमा प्रवेश गरेको हो । हालसम्म ४ पटक सेमिफाइनल पुगेको नेपालले फाइनल यात्रा भने तय गर्न सकेको छैन । यसअघि सन् २०१३ मा नेपाल घरेलु मैदानमा अफगानिस्तानसँग पराजित भएको थियो । यसबीच साफ च्याम्पियनसिप फुटबलको उपाधिकालागि भारत र माल्दिभ्स खेल्ने भएका छन् । हिजो भएको अन्तिम सेमिफाइनलमा पाकिस्तानलाई हराउँदै भारतले माल्दिभ्ससँगको फाइनल खेल तय गरेको हो । भारतले पाकिस्तानलाई ३–१ ले हराएको हो । यसअघि हिजै भएको पहिलो सेमिफाइनलमा माल्दिभ्सले नेपाललाई ३–० ले पराजित गर्दै फाइनल यात्रा तय गरेको थियो । प्रतियोगिताको फाइनल शनिबार हुनेछ ।

प्रतिक्रिया लेख्नुहोस