मकालु टेलिभिजन
Latest posts by मकालु टेलिभिजन (see all)
- मोरङमा फागुनदेखि निःशुल्क स्वास्थ्य बिमा कार्यक्रम सञ्चालन हुने - Dec 31, 2018
- तराईमा शसस्त्र रुपमा संघर्षरतटोलीले हातहतियार बुझायो - Dec 13, 2018
- रंगेली नगरपालिका खुल्ला दिसामुक्त घोषणा, कार्यान्वयनमा समस्याहुने - Nov 16, 2018
सुनसरी,२५ असोज ।
बलात्कार तथा महिला हिंसाका घटनाहरु सार्वजनिक भईरहँदा सुनसरीमा पनि महिलामाथि हुने हिंसाका घटनाहरु बढ्दै गएको पाईएको छ ।
ओरेक नेपाल सुनसरी शाखाले सार्वजनिक गरेको तथ्याङक अनुसार देशै भरि भएका १ सय ७० वटा महिला हिंसाका घटनामध्ये सुनसरीमा २४ वटा घटना दर्ता भएको छ । ओरेक नेपाल सुनसरीले पत्रकारहरुसँगको छलफलमा सबैभन्दा बढी १५ जना घरेलु हिंसा, ४ जना बलात्कार र ५ जनामाथि कुटपिटका घटना भएको जनाएको छ । जिल्ला प्रहरी कार्यालय सुनसरीमा आर्थिक वर्षको साउनसम्ममा १ सय ३ वटा घरेलु हिंसा, १५ वटा बलात्कार र ५ बलात्कार उद्योगको घटना दर्ता भएको छ ।
नेपाल प्रहरीको तथ्यांकअनुसार हरेक दिन ४ जना महिला तथा बालबालिकामाथि बलात्कारका घटना हुने गरेको देखाएको ओरेकको भनाइ छ । ओरेकका अनुसार आर्थिक वर्ष २०७४÷७५ मा मात्रै ३१ वटा बलात्कार र २१ वटा बलात्कारको उद्योगको घटना दर्ता भएको पाईएको छ ।
