मकालु टेलिभिजन

मकालु टेलिभिजन

मकालु टेलिभिजन पूर्वी नेपालबाट् प्रसारण हुन्छ। पहिलो पटक मिति २०६८ कार्तिक १८ गते देखि यसको प्रशारण विधिवत प्रारम्भ भएको हो । मकालु टेलिभिजनले पूर्वाञ्चलको आर्थिक व्यवसायिक, व्यपारिक, शैक्षिक, धार्मीक सामाजिक, साँस्कृतिक एवम् पर्याटकीय क्षेत्रको विकास, संरक्षण र प्रवद्र्धन गर्नमा महत्वपूर्ण योगदान पुर्याइरहेको छ ।
मकालु टेलिभिजन

विराटनगर, २५ असोज ।
बेलबारी नगरपालिका वार्ड नं २ का किसानलाई लक्षित गरेर च्याउखेति सम्वन्धी तालिम तथा बीउ वितरण कार्यक्रम संचालन गरिएको छ ।
बेलबारी नगरपालिका वार्ड नं २ मा रहेको रमिते सामुदायिक वनको सभाहलमा संचालन भैरहेको च्याउ खेति सम्वन्धी तालिमको संयोजन हरिनारायण महिला विकास समितिले गरिरहेको छ ।
तालिममा वडाका प्रत्येक टोलविकास संस्थाबाट ४–४ जना किसानलाई तालिम दिईएको वेलवारी नगरपालिका वार्ड नं २ का वाडाध्यक्ष घनश्याम गौतमले जानकारी दिए । वडा कार्यालयले दिएको जानकारी अनुसार आ.व. २०७५÷७६ को वजेटमा व्यवस्था भएअनुसारको तालिम दिनका लागि वडाले १ लाख छुट्याएको छ । तालिमको सहजीकरण बेलबारी नगरपालिकाका मत्स्य विकास अधिकृत रुद्र फुयाँल र प्राविधिक सहायक महेश कट्वालले गरेका छन् । ४ दिनसम्म चल्ने तालिममा च्याउखेति सम्वन्धी शैद्धान्तिक तथा व्यवहारिक ज्ञान प्रदान गरिएको छ ।


प्रतिक्रिया लेख्नुहोस