२ भाद्र २०७६, सोमबार

न्युस्टार भद्रपुरमा जारी जिल्लास्तरीय नकआउट फुटबल प्रतियोगिताको फाइनलमा

झापा, १६ कात्तिक ।
न्युस्टार फुटबल क्लब खोपबारी भद्रपुरमा जारी जिल्लास्तरीय नकआउट फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ ।न्यु स्टार खोपबारी शनिवार हुने फाइनल खेलमा उपाधिका लागि रेड स्टार बिर्तामोडसंग भिड्ने छ । भद्रपुर माविको खेल मैदानमा भएको अन्तिम सेमीफाइनल खेलमा मुनाल क्लव चन्द्रगढीलाई शुन्यको विरुद्ध एक गोल अन्तरले पराजित गर्दै खोपबारी फाइनलमा प्रवेश गरेको हो ।
खेलको ४२ औ मिनेटमा न्यु स्टारका सनम लिम्बुले डि वक्स भित्र प्रहार गरेको बल मुनालका गोलकिपरले रोक्ने क्रममा फुत्किएपछि प्रविन राईले जाली चुमाउँदै टिमलाई अग्रता दिलाएका थिए ।
उनले गरेको गोल नै निर्णायक गोल बन्यो । खेलको म्यान अफ द म्याच सनम राईले घोषित भए । प्रतियोगिताको विजेता टिमलाई नगद ५० हजार र उपविजेता टिमलाई नगद ३० हजारसहित शिल्ड तथा ट्रफि प्रदान गरिने आयोजकले जनाएको छ ।

सम्बंधित खबरहरु


प्रतिक्रिया लेख्नुहोस