मकालु टेलिभिजन

मकालु टेलिभिजन

मकालु टेलिभिजन पूर्वी नेपालबाट् प्रसारण हुन्छ। पहिलो पटक मिति २०६८ कार्तिक १८ गते देखि यसको प्रशारण विधिवत प्रारम्भ भएको हो । मकालु टेलिभिजनले पूर्वाञ्चलको आर्थिक व्यवसायिक, व्यपारिक, शैक्षिक, धार्मीक सामाजिक, साँस्कृतिक एवम् पर्याटकीय क्षेत्रको विकास, संरक्षण र प्रवद्र्धन गर्नमा महत्वपूर्ण योगदान पुर्याइरहेको छ ।
मकालु टेलिभिजन

विराटनगर, १६ कात्तिक ।
मोरङको लेटाङ नगरपालिका वडा नम्बर ६ महाभारत सामूदायिक वनउपभोक्ता समितिले १८ औं वार्षिक साधारणसभा सम्पन्न गरेको छ ।पूर्वसभासद् डिगबहादुर लिम्बूको प्रमुख आतिथ्यतामा भएको साधारणसभामा वन उपभोक्ता समितिले गरेका कामहरु र भावी योजनाका विषयमा छलफल गरिएको छ ।
समुदायमा हस्तान्तरण भएको मोरङको पहिलो सामुदायिक वनको रुपमा रहेको यस वन उपभोक्ता समितिको साधारणसभामा विभिन्न व्यक्तित्वहरुलाई सम्मान समेत गरेको छ । सोही अवसमा पूर्वसभासद तथा नेपालीकांग्रेस मोरङका सभापति डिगबहादुर लिम्बूलाई सामुदायिक वनको क्षेत्रमा पुर्याएको योगदानको कदर गर्दै सम्मान गरिएको छ ।
लिम्बू सामुदायिक वन जिल्ला महासंघ मोरङको दुई कार्यकाल अध्यक्ष तथा केन्द्रीय सदस्य समेत भएका थिए । उपभोक्ता समितिको कुल आम्दानी १२ लाख ८० हजार ८ सय १९ रुपैयाँ रहेको सो अवसरमा जानकारी दिइएको थियो ।

प्रतिक्रिया लेख्नुहोस