मकालु टेलिभिजन

मकालु टेलिभिजन

मकालु टेलिभिजन पूर्वी नेपालबाट् प्रसारण हुन्छ। पहिलो पटक मिति २०६८ कार्तिक १८ गते देखि यसको प्रशारण विधिवत प्रारम्भ भएको हो । मकालु टेलिभिजनले पूर्वाञ्चलको आर्थिक व्यवसायिक, व्यपारिक, शैक्षिक, धार्मीक सामाजिक, साँस्कृतिक एवम् पर्याटकीय क्षेत्रको विकास, संरक्षण र प्रवद्र्धन गर्नमा महत्वपूर्ण योगदान पुर्याइरहेको छ ।
मकालु टेलिभिजन

विराटनगर, १६ कात्तिक ।
शसस्त्र प्रहरी हवल्दार प्रयागकुमार खाँले प्रहरीले आफुलाई बहुविवाहको झुठो मुद्धामा फसाउन खोजेको आरोप लगाएका छन । दुहबी नगरपालिका वडानम्बर २ घरभई चैनपुरमा कार्यरत शसस्त्र प्रहरी हवल्दार प्रयागकुमार खाँ ले आफुलाई ससुराली पक्षका ब्यत्तिहरुसंग मिलिमतो गरेर प्रहरीले बहुविवाहको झुठो मुद्धामा फंसाउन खोजेको आरोप लगाएका छन् । खाँ ले विराटनगरमा पत्रकार सम्मेलनको आयोजनागरि आफुले बिहे नै नगरेको महिलासंग बिहे गरेको भन्दै इलाका प्रहरी कार्यालय दुहबीले जर्बजस्ती बहुविवाहको मुद्धा चलाएको दाबी गरे । उनले २०६३ सालमा आफुले ग्रामथान गांउपालिकाकी निशा खाँ मगरसंग अन्तरजातिय विवाह गरेको र उनले गएको साउन ११ गतेबाट आफुलाई जानकारी नै नदिइ घर छोडेर गएको जानकारी दिएका छन् ।
श्रीमति बिना जानकारी घर छोडेर गएपछि उनको माइतीपक्षले यसअघि आफुलाई कर्तब्य ज्यान मुद्धामा फसाउन खोजेपछि त्यसमा सफल नभएपछि पछिल्लो समय बहुविवाहको मुद्धामा फंसाउन खोजेको दाबी गरेका छन् । खाँ ले केहि समययता आफ्नो घरमा सटर भाडामा लिएर ब्यापार गर्दै आएकी सञ्झा चौधरीसंग करकापमा नाता कायम गराउन खोजेर बहुबिवाहको मुद्धा चलाउने प्रयास भएको उनको दावी छ ।
आफ्नो श्रीमति हराएको बिषयमा आफुले इलाका प्रहरी कार्यालयमा खोजतलासको निवेदन दर्ता गराउन जांदा प्रहरीले निवेदन लिन नमानेको खाँले गुनासो गरे । उता सो विषयमा प्रतिक्रिया दिंदै इलाका प्रंहरी कार्यालयका प्रहरी निरीक्षक रामनारायण माझीले निशाका माइती पक्षले दिएको जाहेरीका आधारमा खाँविरुद्ध बहुविवहा अन्तर्गत मुद्धा चलाइएको जानकारी दिए ।

प्रतिक्रिया लेख्नुहोस