मकालु टेलिभिजन

मकालु टेलिभिजन

मकालु टेलिभिजन पूर्वी नेपालबाट् प्रसारण हुन्छ। पहिलो पटक मिति २०६८ कार्तिक १८ गते देखि यसको प्रशारण विधिवत प्रारम्भ भएको हो । मकालु टेलिभिजनले पूर्वाञ्चलको आर्थिक व्यवसायिक, व्यपारिक, शैक्षिक, धार्मीक सामाजिक, साँस्कृतिक एवम् पर्याटकीय क्षेत्रको विकास, संरक्षण र प्रवद्र्धन गर्नमा महत्वपूर्ण योगदान पुर्याइरहेको छ ।
मकालु टेलिभिजन

विराटनगर, १७ कात्तिक ।
कानुन, न्याय तथा संसदीय मामिलामन्त्री भानुभक्त ढकालले समृद्ध राष्ट्र निर्माण गर्ने लक्ष्यसहित सरकारले काम गरिरहेको बताएका छन् ।
नेपाल राष्ट्रिय कर्मचारी संगठन (संयुक्त) मेची कोशी क्षेत्रीय समिति र नेपाल विद्युत प्राधिकरण कर्मचारी युनियन मेची कोशीले संयुक्तरुपमा विराटनगरमा आयोजना गरेको शुभकामना आदानप्रदान कार्यक्रमलाई सम्बोधन गर्दैै मन्त्री ढकालले कम्युनिष्ट सरकारले जनतासमक्ष राखेको एजेण्डाहरु आउँदो ५ वर्षभित्र पूरा गर्ने गरी अहिले वार्मअप गरिरहेको बताए ।
उनले वार्मअप गरिरहेको अवधिलाई सरकार अलमलमा परेको रुपमा बुझ्न नहुने बताउँदै दीर्घकालीन योजनाका साथ सरकारले सरकारले काम गरिरहेको प्रष्ट पारे । जनताको सेवा र देशको आर्थिक समृद्धिको एजेण्डामा सरकार सम्पूर्ण सरोकारवालासँग सहकार्य गरेर अघि बढ्न तयार रहेको उनको भनाई छ ।

प्रतिक्रिया लेख्नुहोस