मकालु टेलिभिजन

मकालु टेलिभिजन

मकालु टेलिभिजन पूर्वी नेपालबाट् प्रसारण हुन्छ। पहिलो पटक मिति २०६८ कार्तिक १८ गते देखि यसको प्रशारण विधिवत प्रारम्भ भएको हो । मकालु टेलिभिजनले पूर्वाञ्चलको आर्थिक व्यवसायिक, व्यपारिक, शैक्षिक, धार्मीक सामाजिक, साँस्कृतिक एवम् पर्याटकीय क्षेत्रको विकास, संरक्षण र प्रवद्र्धन गर्नमा महत्वपूर्ण योगदान पुर्याइरहेको छ ।
मकालु टेलिभिजन

विराटनगर, ३० कात्तिक ।
संविधान निर्माण भएर कार्यान्वयनमा आइसकेकाले अब राजनैतिक आस्थाकै कारण कसैलाई पनि पक्राउ गरी यातना दिने र विचार अभिव्यक्तिको स्वतन्त्रता हनन् गर्न नहुनेमा एक कार्यक्रमका वक्ताहरुले जोड दिएका छन् ।
क्रान्तिकारी पत्रकार संगठन नेपालले विराटनगरमा आयोजना गरेको मानवअधिकार प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता विषयमा अन्तरक्रियामा वक्ताहरुले संविधानमा उल्लेख भएको मौलिक अधिकार व्यवहारमा कार्यान्वयन गर्नुपर्नेमा जोड दिएका हुन् । राष्ट्रिय मानवअधिकार आयोगका एक नम्बर प्रदेशका निर्देशक मोहनदेव जोशीले आस्थाकै आधारमा नागरिकहरुलाई पक्राउ गरेर जेल हाल्नु र यातना दिनु विश्वव्यापी मानव अधिकारको घोषणाविपरीत कार्य भए पनि राज्यले बेवास्ता गरिरहेको आरोप लगाए ।
नेकपा मोरङका संयोजक ऋषि पोखरेलले अब बिद्रोही बनेर अलग अस्तित्व खोज्नुभन्दा पनि सबैले न्याय र समानताका लागि पहल गर्नुपर्नेमा जोड दिए । क्रान्तिकारी पत्रकार संगठनले २ असोजबाट ५ नम्बर प्रदेशको दाङबाट मानव अधिकार र प्रेस स्वतन्त्रका लागि देशव्यापी अभियान थालेको हो ।

प्रतिक्रिया लेख्नुहोस