मकालु टेलिभिजन

मकालु टेलिभिजन

मकालु टेलिभिजन पूर्वी नेपालबाट् प्रसारण हुन्छ। पहिलो पटक मिति २०६८ कार्तिक १८ गते देखि यसको प्रशारण विधिवत प्रारम्भ भएको हो । मकालु टेलिभिजनले पूर्वाञ्चलको आर्थिक व्यवसायिक, व्यपारिक, शैक्षिक, धार्मीक सामाजिक, साँस्कृतिक एवम् पर्याटकीय क्षेत्रको विकास, संरक्षण र प्रवद्र्धन गर्नमा महत्वपूर्ण योगदान पुर्याइरहेको छ ।
मकालु टेलिभिजन

विराटनगर, १६ पुस ।
मोरङमा आगामी फागुनदेखि निःशुल्क स्वास्थ्य बिमा कार्यक्रम सञ्चालन हुने भएको छ । नेपाल सरकारले सबै नागरिकलाई आधारभूत स्वास्थ्यसेवा निःशुुल्क पुु¥याउने उद्देश्यले स्वास्थ्य बिमा कार्यक्रम फागुुनदेखि सुरु हुुने भएको हो । बिमा तयारीको बारेमा विराटनगर महानगरपालिकामा आयोजित अभिमुुखीकरण कार्यक्रममा स्वास्थ्य बिमा सञ्चालन बारे जानकारी गराइएको थियो । त्यसका लागि विराटनगर महानगरपालिकासहित १७ वटै स्थानीय तहमा तयारी सुुरु गरिएको छ ।

Advertisement

बिमा गर्दा ५ जनाको परिवारले वार्षिक २ दुई ५ सय र त्योभन्दा बढी परिवार संख्या भएमा त्यसमा ४ सय ५ रुपैयाँ थप गर्नुुपर्ने हुन्छ । १७ वटै स्थानीय तहका प्रत्येक वडामा खटिएका एक–एकजना बिमा दर्ता सदस्यहरुले सहभागी सदस्यहरुको नाम दर्ता गर्नेछन् । विराटनगर महानगरपालिकाका प्रमुुख भीम पराजुुलीले बिमा कार्यक्रम अत्यन्त प्रभावकारी भएकाले स्थानीयस्तरसम्मै प्रचारप्रसार आवश्यक रहेको बतए । उनले कार्यक्रमलाई प्रभावकारी बनाउन महानगरपालिकाको सक्दो सहयोग रहनेसमेत उल्लेख गरे ।

स्वास्थ्य विमा बोर्ड प्रदेश कार्यालय १ को आयोजनामा भएको कार्यक्रममा वोर्डका संयोजक ज्ञानबहादुुर बस्नेत तथा सह–संयोजक दुर्गा आचार्यले विमाबारे नीतिगत व्यवस्था र बिमाको संरचना र ढाँचाबारे जानकारी गराएका थिए ।

प्रतिक्रिया लेख्नुहोस