मकालु टेलिभिजन

मकालु टेलिभिजन

मकालु टेलिभिजन पूर्वी नेपालबाट् प्रसारण हुन्छ। पहिलो पटक मिति २०६८ कार्तिक १८ गते देखि यसको प्रशारण विधिवत प्रारम्भ भएको हो । मकालु टेलिभिजनले पूर्वाञ्चलको आर्थिक व्यवसायिक, व्यपारिक, शैक्षिक, धार्मीक सामाजिक, साँस्कृतिक एवम् पर्याटकीय क्षेत्रको विकास, संरक्षण र प्रवद्र्धन गर्नमा महत्वपूर्ण योगदान पुर्याइरहेको छ ।
मकालु टेलिभिजन

मोरङ्गको पथरीशनिश्चरेमा २९ वर्षीया व्यवसायी महिलाको शव रहस्यमय अवस्थामा फेला परेको घटनाप्रति पथरी उद्योग वाणिज्य संघले दुःख व्यक्त गर्दै नगरमा शान्ति सुरक्षा कडा हुनु पर्ने माग गरेको छ ।

Advertisement

पथरी शनिश्चरे १ त्रिवेणी चोक साझा लाइनमा डेरा वस्ने एसआरएस कस्मेटिक एण्ड गिफ्ट हाउसकी प्रोप्राइटर रिना बस्नेतको रहस्यमय मृत्युको छानविनका लागि संघले विज्ञप्ति जारी गरी माग गरेको छ । नगर क्षेत्रमा वढ्दै गएको आपराधिक गतिविधि नियन्त्रणका लागि सुरक्षा निकायको सक्रियता आवश्यक रहेको संघका अध्यक्ष दीपक वस्नेतद्धारा हस्ताक्षरित विज्ञप्तिमा उल्लेख छ । गएराति पथरीको प्रस्तावित रंगशालामा सञ्चालन भएको कन्सर्ट हेरेर १३ वर्षीय छोरा साइमनसँग ११ बजे कोठा फर्किएकी वस्नेत विहानै आफ्नै कोठा अगाडि बाटोमा निर्वस्त्र रुपमा मृत अवस्थामा फेला परेकी थिइन । टाउकोमा चोट लागेको अवस्थामा घोप्टो परेको शव विहान स्थानीयले सडकमा देखेपछि प्रहरीलाई खवर गरेका थिए ।
सो घटना रहस्यमय रहेको जनाउँदै पथरी प्रहरी प्रमुख कमल बजगाईंले मृत्युको कारण यकिन भइ नसकेको र अनुसन्धान भइरहेको वताउनु भयो ।

स्थानीयले भनें कसैले कर्तव्य गरी उनको हत्या गरेको आशंका गरेका छन् । रिनाको शव पोष्टमार्टमका लागि धरान लगिएको छ । उनका श्रीमान सन्तोष वस्नेत वैदेशिक रोजगारीको सिलसिलामा दुबईमा रहनु भएको छ ।

प्रतिक्रिया लेख्नुहोस