मकालु टेलिभिजन

मकालु टेलिभिजन

मकालु टेलिभिजन पूर्वी नेपालबाट् प्रसारण हुन्छ। पहिलो पटक मिति २०६८ कार्तिक १८ गते देखि यसको प्रशारण विधिवत प्रारम्भ भएको हो । मकालु टेलिभिजनले पूर्वाञ्चलको आर्थिक व्यवसायिक, व्यपारिक, शैक्षिक, धार्मीक सामाजिक, साँस्कृतिक एवम् पर्याटकीय क्षेत्रको विकास, संरक्षण र प्रवद्र्धन गर्नमा महत्वपूर्ण योगदान पुर्याइरहेको छ ।
मकालु टेलिभिजन

बिराटनगर बैशाख ८ , पूर्वमन्त्री एवम संघीय संसदका सांसद शिवकुमार मण्डलले समाज र राष्ट्रलाई दिशा निर्देश गर्न पत्रकारहरुको भूमिका महत्वपूर्ण रहेको बताउनुभएको छ ।

Advertisement

युवा जागरण संघले  विराटनगरमा आयोजना गरेको सम्मान कार्यक्रममा बोल्दै उहांले पत्रकारहरु बौद्धिक जमात रहेको बताउदै पत्रकारले गरेको दिशानिर्देश अग्रगमन,न्याय र समृद्धिकालागि महत्वपूर्ण हुने गरेको बताउनुभयो । कार्यक्रममा ५ पत्रकार तथा १ जना प्रहरीलाई सम्मान गरिएको थियो । सो अवसरमा मकालु टेलिभिजनका बरिष्ठ सम्बाददाता नवीन कर्णसहित मोरङलाई कार्यक्षेत्र बनाएर पत्रकारिता गर्दै आएका जीतेन्द्र ठाकुर,ब्रह्मदेव यादव,देवनारायण साह र सत्यनारायण शर्मालाई सम्मान गरिएको थियो । यस्तै प्रहरीतर्फ इलाका प्रहरी कार्यालय रानीका प्रहरी निरीक्षक इन्द्रबहादुर राणालाई सम्मान गरिएको थियो ।

सम्मानित ब्यक्तिहरुलाई पुर्वमन्त्री मण्डल र १ नम्बर प्रदेशका सदस्य जयराम यादवले सम्मानपत्र तथा दोसल्लाले सम्मान गर्नुभएको थियो । कार्यक्रममा युवा जागरण संघका अध्यक्ष भोला यादवले सामाजिक उत्थानका निम्ति जनमत निर्माण गर्न र भएका कमी कमजोरीलाई औल्याइदिएर समाजलाई अघि बढन पत्रकार जगतले सघाउदै आएको बताउनुभयो ।

प्रतिक्रिया लेख्नुहोस