८ भाद्र २०७६, आईतवार

इलाममा चौथो देउमाई अन्तराष्ट्रिय आमन्त्रण फुटवल प्रतियोगिता सुरु

इलाम बैशाख ८ ,

इलाम देउमाई नगरपालिकाको मंगलबारेमा शनिबारबाट चौथो देउमाई अन्तराष्ट्रिय आमन्त्रण फुटवल प्रतियोगिता सुरु भएको छ ।
उद्घाटन खेलमा जित हासिल गर्दे रेडस्टार फूटवल क्वल गोल्डकपको दोस्रो चरणमा प्रवेश गरेको छ । आयोजक त्रिवेणी युथ क्लव मंगलबारेलाई एकका विरुद्ध दुई गोल गर्दै रेडस्टार दोस्रो चरणमा प्रवेश गरेको हो । जितका लागि रेडस्टारका विकास थुलुङ , पुजन उपरकोटीले गोल गरेका थिए । यता आयोजकका तर्फबाट सान्त्वना गोल मनिस राईले गरेका थिए । खेलको म्यान अफ दि म्याच आयोजक का विशाल तामाङ घोषित हुँदै नगद २५ सय र ट्रफी प्राप्त गरे ।

आजको खेल मुनाल क्लव चन्द्रगढी झापा र सुनसरी फूटवल क्लवबीच हुने आयोजकले जनाएको छ ।प्रतियोगितामा भारतका एकसहित नेपालका आठ टिमको सहभागिता रहेको छ । बैशाख १४ गते हुने प्रतियोगिताको फाइनल खेलको विजेताले नगद २ लाख २२ हजार २ सय २२ रुपयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र पाउने छ भने उपविजेताले नगद एक लाख ११ हजार १ सय ११ रुपैयासहित ट्रफी मेडल र प्रमाणपत्र पाउने छ ।

सम्बंधित खबरहरु


प्रतिक्रिया लेख्नुहोस