४ आश्विन २०७६, शनिबार

विराटनगरका सडकमा टेम्पो र सिटी चालक लाईसेन्स नभएका धेरै, किन हुँदैन कार्वाही

प्रेम देवान ।
विराटनगर, ११ जेठ । विराटनगर महानगरपालीकाका वित्तिय ब्यवस्थापन महाशाखाका प्रमुख राजेन्द्र प्रधान शुक्रबार कार्यालय तर्फ जादै थिए । उनलाई मेनरोड स्थित जलजलाचोकमा गलत साईडबाट आएको अटोले झण्डै ठक्कर दियो ।

त्यही क्रममा प्रधानले टेम्पो चालकलाई सोधे भाई लाईसेन्स छ रु जवाफ आयो ‘छैन’ । त्यही क्रममा प्रधानले अनि लाईसेन्स नै नभईकन टेम्पो चलाएका कारण तिमिले मलाई झण्डै किचौ रु प्रधानले टेम्पोमा भएको चावी नजिकै रहेको ट्राफिक प्रहरीलाई बुझाए । अनी आफ्नो फेसबुक स्टाटसमा लेखे, ‘विराटनगर नेपालको एक नमुना शहर जहाँ टेम्पो चालक लाईसेन्स बिना निर्वाधरूपमा चलाउन छुट रहेछ । सुरक्षा निकाय निरीह ।झन्डै दुर्घटनामा पारियो ।’ उनी प्रतिनिधि पात्र मात्र हुन् । यस्ता हटना हरेक दिन बिराटनगरमा टेम्पो, अटो तथा सिटी सफारीका कारण हुँदै आएको छ ।
यसरी हरेक दिने हुने घटनासँगै लाईसेन्स लिने चालकहरु कति संख्यामा छन् त त्यसको स्थलगत रिपोर्टिङको लागि आवर बिराटनगरको टोली निस्किएको थियो । टोलीले शुक्रबार दिनभरी ट्याम्पो चालकहरुसँग लाईसेन्स भए÷नभएको बारेमा जानकारी लिएको थियो । रिपोर्टिङको क्रममा विराटनगरका बिभिन्न ठाउँका १० अटो अर्थात साना टेम्पो चालक मध्ये १ जनासँग मात्र लाईसेन्स फेला पर्यो ।
जोगवनी विराटनगर रुटमा को २ ह ४५३९ नम्बरका चालक विरेन्द्र कुमार राजवशीले पनि लाईसेन्स विना टेम्पो कुदाई रहेका भेटिए । हामीले लाईसेन्स छ की छैन भनेर सोध्दा राजवशीले भने – मैले एक बर्ष अगाडी नै लाईसेन्सको लागी परीक्षा दिएको थिए । ‘तर के गर्नु फेल भए अहिले लाईसेन्स विना नै ट्म्याम्पो चलाईरहेको छु ।’
उनले लाईसेन्स नहुदा ट्राफिक प्रहरीलाई हरेक दिन ५ सय रुपैयाँ तिर्दै आएका छन् । अहिलेसम्म ८ हजार भन्दा बढी जरीवाना तिरीसकेको उनले बताए ।
त्यस्तै को २ ह १४ ५८ नम्बरको टेम्पो चालक भर्खरै १७ बर्षका मात्र भएका भेटिए । ति चालक सन्देश साहको न त लाईसेन्स नै थियो न त सवारी चालक सम्बन्धीका कागजपत्र नै । विराटनगरका सडकमा कुदाउने अधिकांश टेम्पो चालकसँग लाईसन्स नै नभएको फेला परेको छ । यसरी विना लाईसेन्स टेम्पो कुदाँउदा धेरै दुर्घटना भएको तत्थ्याङ्गक ट्राफिक प्रहरीसँग छ । जिल्ला ट्राफिक प्रहरी कार्यलय मोरङका अनुसार आर्थिक बर्ष २०७५÷७६को वैशाख महिनासम्म ३४ वटा ट्याम्पोका सवारी दुर्घटना भएको छ ।
रमिते ट्राफिक
प्रदेशको राजधानी विराटनगरमा हरेक दिन कुद्ने यस्ता साना सवारी साधनहरुको अनुगमन कुनै निकायबाट पनि भएको छैन । अटो अर्थात साना टेम्पोमा मात्र हैन सिटी सफारीको समेत अनुगमन भएको पाईँदैन । तर जिल्ला ट्राफिक प्रहरी कार्यालय भने अनुगमन र कार्वाही भईरहेको दाबी गर्छ । जिल्ला ट्राफिक प्रहरी कार्यालय मोरङका प्रहरी निरीक्षक शिवकुमार पोखरेलले साना टेम्पो चलाकलाई कडाई गरिने बताए । ‘हामीले १ वर्षसम्म लाईसेन्स बनाउन भनेर समय दियौ, उनले भने,‘तर उनीहरुले अटेर गर्ने आफ्नो जिम्मेवारी पुरा नगर्ने भएका कारण सवारी साधनका दुर्घटनाहरु निम्तिएको छ अब यो नियन्त्रण हुन्छ।’

एक त महानगरमा अहिले सिटी रिक्सा र टेम्पोका कारण ट्राफिक ब्यवस्थापन अस्तब्यस्त हुँदै आएको छ । बिराटनगर महानगरपालिकाले कसरी ब्यवस्थि तगर्ने भन्ने मापदण्ड बनाएर ब्यवस्थित गर्ने निती लिईनु पर्नेमा त्यो गरेको छैन । राजधानी भएसँगै बिराटनगरलाई कसरी ब्यवस्थित गर्ने भन्ने मार्गचित्र महानगरसँग छैन भने निर्माणाधिन सडकका कारण ट्राफिक जाम हुने जस्ता समस्या बढ्दै गएको छ । लाईसेन्स नभएको खण्डमा ट्राफिक प्रहरीले ५ सयदेखि १५ सय सम्म जरिवाना लिदै आएको छ । तर जरिवानाले मात्र समस्या समाधान हुने छाँट देखिएको छैन ।

सम्बंधित खबरहरु


प्रतिक्रिया लेख्नुहोस