मकालु टेलिभिजन

मकालु टेलिभिजन

मकालु टेलिभिजन पूर्वी नेपालबाट् प्रसारण हुन्छ। पहिलो पटक मिति २०६८ कार्तिक १८ गते देखि यसको प्रशारण विधिवत प्रारम्भ भएको हो । मकालु टेलिभिजनले पूर्वाञ्चलको आर्थिक व्यवसायिक, व्यपारिक, शैक्षिक, धार्मीक सामाजिक, साँस्कृतिक एवम् पर्याटकीय क्षेत्रको विकास, संरक्षण र प्रवद्र्धन गर्नमा महत्वपूर्ण योगदान पुर्याइरहेको छ ।
मकालु टेलिभिजन

विराटनगर ११ जेठ । विराटनगरमा निर्माणधीन नाला मापदण्डभन्दा कम सिमेन्ट प्रयोग गरेर बनाइएको नाला सरोकारवालाहरुले भत्काउन लगाएका छन् ।

Advertisement

विराटनगर ११ महेन्द्रचोक पछाडि निर्माणाधीन नालामा निर्धारित मापदण्डभन्दा कम सिमेन्ट प्रयोग गरिनुका साथै प्लास्टरकालागि प्रयोग गरिने बालुवा जोडाइमा प्रयोग गरिएको फेला परेपछि सरोकारवालाले निर्माण कै क्रममा रहेको नाला भत्काउन लगाएका हुन । स्थानीयवासीले जानकारी दिएपछि निर्माणस्थलमा पुग्नु भएका विराटनगर ११ का वडाध्यक्ष तीर्थेन्द्र न्यौपानेले निर्माणाधीन नाला भत्काउन लगाउनुभएको छ ।


सो क्रममा जोडाइ हुंदै गरेको २५ मिटर नाला भत्काइएको छ । वडाध्यक्ष न्यौपानेले ४ तगारीमा एक तगारी सिमेन्ट हाल्नुपर्नेमा निर्माणस्थलमा खटिएका मजदुरहरुले ८ तगारीमा १ तगारी मात्र सिमेन्ट हालेको कारण जोडाइ हुंदै गरेको नाला भत्काउन लगाएको जानकारी दिनुभयो । मापदण्ड विपरीत निर्माण कार्य भएको बिषयमा महानगरका जिम्मेबार प्रतिनिधिलाई जानकारी गराइएको उहांले बताउनुभयो । वडाध्यक्षसहित स्थानीय समेतको अनुगमन टोली निर्माणस्थलमा पुगेपछि पेटी कन्ट्रयाक्टरका ठेकेदार त्यहांबाट भागेका थिए ।

प्रतिक्रिया लेख्नुहोस