७ कार्तिक २०७६, बिहीबार

भारत हुँदै कुवेत पठाउन लागेको आरोपमा एक महिलासहित तीन जना काँकडभिट्टाकाबाट पक्राउ

काँकडभिट्टा , १४ जेठ ।
नेपाली महिलालाई भारत हुँदै कुवेत पठाउन लागेको आरोपमा एक महिलासहित तीन जना पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा भद्रपुर ४ ज्ञानेचोक बस्ने ३१ वर्षीय मंगलसिंह लिम्बु, सोही वडाका ३० मिना थापामगर र मेचीनगर १५ प्रगति टोल बस्ने ४५ वर्षीय मुलुकचन्द राजवंशी रहेको इलाका प्रहरी कार्यालय काँकडभिट्टाका प्रहरी नायव उपरीक्षक (डिएसपी) महेश थापाले जानकारी दिनुभयो । प्रहरीका अनुसार मोरङका दुई र झापाका एक गरी तीन जना महिलालाई साना हातहरू नेपाल नामक संस्थाका कर्मचारीले उद्धार गरी इलाका प्रहरी कार्यालय काँकडभिट्टामा बुझाएका हुन । २२ देखि ३५ वर्ष उमेर समूहका तीनै जना महिला विवाहित हुन् । उद्धार गरिएको महिलाहरूको तीन वटा पासपोर्ट पक्राउ परेका लिम्बुको साथबाट बरामद गरिएको डिएसपी थापाले जानकारी दिनुभयो ।

सम्बंधित खबरहरु


प्रतिक्रिया लेख्नुहोस