मकालु टेलिभिजन

मकालु टेलिभिजन

मकालु टेलिभिजन पूर्वी नेपालबाट् प्रसारण हुन्छ। पहिलो पटक मिति २०६८ कार्तिक १८ गते देखि यसको प्रशारण विधिवत प्रारम्भ भएको हो । मकालु टेलिभिजनले पूर्वाञ्चलको आर्थिक व्यवसायिक, व्यपारिक, शैक्षिक, धार्मीक सामाजिक, साँस्कृतिक एवम् पर्याटकीय क्षेत्रको विकास, संरक्षण र प्रवद्र्धन गर्नमा महत्वपूर्ण योगदान पुर्याइरहेको छ ।
मकालु टेलिभिजन

विराटनगर, १६ जेठ ।
१ नम्बर प्रदेश सरकारले संसदमा पेश गरेको विनियोजन विधेयक २०७६ का सिद्धान्त र प्राथमिकताको विषयमा सांसदमा छलफल जारी रहेको छ ।

Advertisement

प्रदेशसभाको चौथो अधिवेशनको तेस्रो दिन पनि संसदमा १ दर्जन बढी सांसदहरुले विनियोजन विधेयक २०७६ का सिद्धान्त र प्राथमिकतामा विषयमा धारणा राखेका छन् ।
छलफलमा भाग लिँदै सांसद अम्बिका थापाले निर्वाचन क्षेत्र विकासका लागि छुट्याउने बजेट ५ करोड पु¥याउनु पर्ने माग गर्दै समानुपातिक सांसदहरुका लागि १ करोडको संसद विकास कोष स्थापना गर्नुपर्ने माग गर्नुभयो । यस्तै सांसद बलबाहादुर साम्सोहाङले भूमिको उचित व्यवस्थापनका लागि अहिलेको परिपार्टीमा परिवर्तन गर्न आवश्यक रहेको बताउनुभयो । उहाँले भूमि सम्बन्धी अहिलेकै अवस्थामा रहेसम्म देश समृद्ध बन्न नसक्ने बताउनुभयो ।
सांसद जसमाया गजमेरले सरकारले प्रस्तुत गरेको सिद्धान्त र प्राथमिकताको विषयमा दलितहरुको उत्थानका निम्ति कुनै शब्द पनि नलेखिएको भन्दै आपत्ति जनाउनुभयो । सांसद सूयर्माराज राईले प्रदेश सरकारले मोरङको चिसाङ र लोहन्द्रा खोलामा तटबन्ध निर्माण गर्ने विषयमा डिपीआर तयार गर्दा १६ करोड बजेट उल्लेख गरेको भए पनि सरकारले रकम घटाउने षड्यन्त्र गरेको आरोप लगाउनुभयो । उहाँले मोरङको दुःखको रुपमा चिनिएका लोहन्द्रा र चिसाङ खोला नियन्त्रणका लागि उपर्युक्त बजेट छुट्याउनु पर्नेमा जोड दिनुभयो । प्रदेशसभा बैठक बिहीबार १२ बजे पुनः बस्नेछ ।

प्रतिक्रिया लेख्नुहोस