मकालु टेलिभिजन

मकालु टेलिभिजन

मकालु टेलिभिजन पूर्वी नेपालबाट् प्रसारण हुन्छ। पहिलो पटक मिति २०६८ कार्तिक १८ गते देखि यसको प्रशारण विधिवत प्रारम्भ भएको हो । मकालु टेलिभिजनले पूर्वाञ्चलको आर्थिक व्यवसायिक, व्यपारिक, शैक्षिक, धार्मीक सामाजिक, साँस्कृतिक एवम् पर्याटकीय क्षेत्रको विकास, संरक्षण र प्रवद्र्धन गर्नमा महत्वपूर्ण योगदान पुर्याइरहेको छ ।
मकालु टेलिभिजन

विराटनगर, १५ जेठ ।
प्रदेशस्तरीय नमुना युवा संसदको स्थापना र अभ्यास कार्यक्रम विराटनगरमा सुरु भएको छ ।

Advertisement

प्रदेशस्तरीय नमुना युवा संसदको स्थापना र अभ्यास कार्यक्रमको उद्घाटन गर्दै प्रदेश १ का सामाजिक विकासमन्त्री जीवन घिमिरेले राजनीति देशको मूल नीति भएकाले राजनीतिबाट कोही पनि विमुख नहुने बताउनुभयो । उहाँले अहिलेका युवाहरुले स्कुलस्तरबाटै राजनीतिक बारेमा बुझेर अगाडि बढ्नुपर्नेमा जोड दिनुभयो ।
भोलिका देश चलाउने युवाहरु राजनीतिबाट टाढा रहन नसक्ने भन्दै सक्रिय रुपमा अगाडि बढ्न आग्रह गर्नुभयो । कार्यक्रममा बोल्दै प्रदेश नम्बर १ का पत्रकार महासंघका अध्यक्ष विक्रम लुइटेलले संसदीय मर्यादा कसरी पालना गर्नुपर्छ भनी गरिएको ३ दिने कार्यक्रमले युवाहरुले धेरै ज्ञान हासिल गर्न सक्ने बताउनुभयो ।

नेपाल सरकार युवा तथा खेलकुद मन्त्रालयको आयोजनामा भएको कार्यक्रममा बोल्दै कार्यक्रमका संयोजक घनराज तुम्वाफोले युवा परिषदले युवा नीति तथा कार्यक्रम बनाएको बनाएको बताउनुभयो । उहाँले युवाहरुका लागि तालिम केन्द्र निर्माणका लागि उपयुक्त बजेट निकासा गर्न प्रदेश सरकारसँग आग्रह गर्नुभयो । कार्यक्रममा प्रदेश नम्बर १ का ४० जना १५ देखि २४ बर्षसम्मका युवाहरुको सहभागिता रहेको छ ।

प्रतिक्रिया लेख्नुहोस