७ कार्तिक २०७६, बिहीबार

कटहरी गाउँपालिकाका २ सय बढी अपाङ्गता भएका व्यक्तिलाई सम्मान

विराटनगर, १६ जेठ ।
कटहरी गाउँपालिकाका २ सय बढी अपाङ्गता भएका व्यक्तिहरुलाई सम्मान गरिएको छ ।

गांउपालिकाले गणतन्त्र दिवसको अवसर पारेर गाउँपालिकामा बसोबास गर्ने अपाङ्गता भएका ब्यक्तिहरुलाई सम्मान गरेको हो । सो अवसरमा गाउँपालिकाका ७ वटै वडामा बसोबास गर्ने २ सय ५० जना अपाङ्गता भएका व्यक्ति र बालबालिकालाई प्रतिव्यक्ति नगद ५ सयसहित बिस्कुट र जुस वितरण गरिएको कटहरी गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत गणेशबहादुर कार्कीले जानकारी दिनुभयो ।
उहाँले गणतन्त्र दिवसको अवसर पारेर गाउँपालिकाभित्रका अपाङ्गता भएका ब्यक्तिहरुलाई सम्मानस्वरुप नगद र बिस्कुट लगायतका सामग्री प्रदान गरिएको बताउनुभयो ।
गाउँपालिकाका प्रमुख रामकुमार कामत,उपप्रमुख मञ्जिता सरदार र प्रमुख प्रशासकिय अधिकृत कार्कीले गाउँपालिकाको ७ वटै वडा पुगेर नगदसहितका सामग्री वितरण गर्नुभयो ।

सम्बंधित खबरहरु


प्रतिक्रिया लेख्नुहोस