मकालु टेलिभिजन

मकालु टेलिभिजन

मकालु टेलिभिजन पूर्वी नेपालबाट् प्रसारण हुन्छ। पहिलो पटक मिति २०६८ कार्तिक १८ गते देखि यसको प्रशारण विधिवत प्रारम्भ भएको हो । मकालु टेलिभिजनले पूर्वाञ्चलको आर्थिक व्यवसायिक, व्यपारिक, शैक्षिक, धार्मीक सामाजिक, साँस्कृतिक एवम् पर्याटकीय क्षेत्रको विकास, संरक्षण र प्रवद्र्धन गर्नमा महत्वपूर्ण योगदान पुर्याइरहेको छ ।
मकालु टेलिभिजन

विराटनगर जेठ २९,

Advertisement

विराटनगर महानगरपालिकामा पनि डेंगुको संक्रमण देखिएको छ । विराटनगर महानगरपालिका भित्र २ जनामा डेंगुको संक्रमण देखिएको विराटनगर महानगरपालिकाकी स्वास्थ्य शाखा प्रमुख लजिता योञ्जनले जानकारी दिनुभयो । उहाँले विराटनगरको वडा नम्बर १ पुष्पलाल चौक घर भएका र अर्का वडा नम्बर ३ मा घर भएका व्यक्तिलाई डेंगु पुष्टि भएको बताउनु भयो । डेंगु संक्रमितको नोबेल र विराट नर्सिङ होममा उपचार भैरहेको छ ।

यस्तै मोरङको बेलबारी, पथरी, रंगेली र सुन्दरहरैचाहामा पनि डेगुका सक्रमित भेटिएका छन । योञ्जनले विराटनगर महानगरपालिका भित्र डेगु देखिएपछि सचेतनाका साथ विज्ञ सहितको टोलीले डेगु पहिचान गर्ने र नियन्त्रण गर्ने अभियान सुरु गरिएको जानकारी दिनुभयो । उहाले आजदेखि विराटनगर महानगरपालिका भित्र डेंगु नियन्त्रणका लागि मालाथिन फगी स्प्रे छिट्न सुरु गर्ने पनि बताउनु भयो । यस्तै महानगरले जेठ २९ गते वडा नम्बर १, २, ३, र १० मा , ३० गते १, ३, ४, र १० मा, ३१ गते ४, ५, ६ र ७ मा, ३२ गते ५, ६, ८ र ९ मा, यसैगरी असार १ गते ८, ९, ११, र १२ मा, २ गते ११, १२, १३, र १४ मा, ३ गते १४, १५, १६ र १७ मा र ४ गते १८, १९ मा मालाथिन फगी स्प्रे गर्ने कार्यक्रम तय गरेको छ ।

यसका लागि नगरबासीलाई खाने कुरा छोपेर राख्न पनि महानगरले आग्रह गरेको छ । डेंगु सक्रमित लामखुट्टेले दिउसो मात्र टोक्ने भएकाले बाध्य भएर बिहान ७ बजेदेखि ११ बजेसम्म औषधि छर्कने कार्यक्रम राखिएको पनि महानगरले जनाएको छ ।

हाल सुनसरीको धरानमा डेंगु प्रकोपको रुपमा फैलिएकाले महानगरमा यस्तो नहोस् भनेर सुरुदेखि नै नियन्त्रण अभियान थालिएको योञ्जनले जानकारी दिनुभयो ।

1 COMMENT

प्रतिक्रिया लेख्नुहोस