१ भाद्र २०७६, आईतवार

‘यु – १८ थ्री वाई थ्री ’ बास्केटबल प्रतियोगिताको उपाधी सगरमाथालाई

विराटनगर २६ साउन । विराटनगर बास्केवल एकेडेमीले आयोजना गरेको ‘यु – १८ थ्री वाई थ्री’ एक दिने बास्केटबल प्रतियोगिता सम्पन्न भएको छ । बास्केटबल खेललाई ग्राँसरुटबाट अगाडी बढाउनको लागी आयोजना गरिएको ‘यु – १८ थ्री वाई थ्री’ एक दिने बास्केटबल प्रतियोता शनिबार सम्पन्न भएको हो ।


विराटनगरको मेरील्याण्ड कलेजको प्राङगणमा भएको प्रतियोगिताको उपाधी विराटनगरको सगरमाथा स्कुलले जितेको छ । त्यसैगरी उपविजेता विराट चोकको ब्राईट फ्यूचर स्कुल भएको छ । प्रतियोगितमा मोरङका १२ वटा टिमको सहभागिता रहेको थियो । विजेता टिमलाई ट्रफि , मेडल र प्रमाण पत्र वितरण गरिएको थियो । प्रतियोगिताको उत्कृष्ट खेलाडी ब्राईट फ्यूचरका सौगात प्रसाई भएको, खेल संयोजक विवेक बस्नेतले जानकारी दिए ।

सम्बंधित खबरहरु


प्रतिक्रिया लेख्नुहोस