१ भाद्र २०७६, आईतवार

विराटनगरको महेन्द्र मोरङ कलेजद्धारा १३ जनालाई सम्मान

विराटनगर  ।
त्रिभुवन विश्व विद्यालय महेन्द्र मोरङ आदर्श बहुमुखी क्याम्पस विराटनगर इकाई कमिटिले दुई बरिष्ठ प्राध्यापकसहित १३ जनालाई सम्मान गरेको छ ।
नेपाल प्राध्यापक संघको ५७ औं बार्षिकोत्सवको अवसरमा आयोजित कार्यक्रमकाबीच क्याम्पसमा कार्यरत २ बरिष्ठ प्राध्यापकसहित ११ जना सेवा निवृत प्राध्यापकहरुलाई सम्मान गरिएको हो । वरिष्ठ प्राध्यापकद्वय महेन्द्रनारायण यादव र डाक्टर अशोक कुमारलाई सम्मान गरिएको छ । यस्तै प्राध्यापक तथा सहप्राध्यापकहरु मिनाकुमारी देव, मोहनचन्द्र घिमिरे, उषा पोखरेल, भक्तीप्रसाद पौडेल, डाक्टर देवीबहादुर थापा र राजेन्द्रप्रसाद यादवलाई सम्मान गरिएको थियो ।
यसैगरी युगेश्वर साहु, डाक्टर नरेन्द्रप्रसाद ढकाल, डाक्टर घनश्यामलाल दास, डाक्टर सूर्यप्रसाद संग्रौला र मोहनप्रसाद श्रेष्ठलाई समेत सम्मान गरिएको आयोजक समितिका सचिव जीवनकुमार ढकालले जानकारी दिनुभयो । कार्यक्रमका प्रमुख अतिथि पुर्व क्याम्पस प्रमुख गोपालकुमार कार्की, आयोजक कमिटीका सभापति डाक्टर विमल कण्ठ र क्याम्पस प्रमुख बाबुराम तिम्सिना लगायतले उहांहरुलाई दोसल्ला, फूलमाला, सम्मानपत्र र मायाको चिनोसहित सम्मान गर्नुभयो ।

सम्बंधित खबरहरु


प्रतिक्रिया लेख्नुहोस