२७ आश्विन २०७६, सोमबार

महेन्द्र मोरङ क्याम्पस प्रमुख कार्य कक्ष मै थुनिए, विद्यार्थी फेरी सुरु गरे आन्दोलन

विराटनगर, २ भदौ । विराटनगरस्थित महेन्द्र मोरङ आदर्श बहुमुखी क्याम्पसमा विद्यार्थीहरुले आन्दोलन सुरु गरेका छन् । सोमबार क्याम्पस परिषरमा विभिन्न मागसहित आन्दोलनमा उत्रिएका राष्ट्रिय विद्यार्थी संघ इकाई समितिले क्याम्पस प्रमुख बाबुराम तिम्सिनालाई केही समय कार्यकक्षमा थुनेका छन ।

 

संघका स्वेत पत्र सार्वजनिक, विद्यार्थीहरुले १० प्रतिशत छात्रवृत्ति, इन्ट्रान्स फर्मको शुल्क फिर्ता, ई लाइब्रेरीको व्यवस्थापन, संकायमा हुने गरेका आर्थिक पारदर्शीता लगायतका मुद्धा उठाउँदै विद्यार्थी आन्दोलित बनेका हुन् । संघको यस आन्दोलनमा हाल समाजवादी फोरम नेपाल, नेपाल विद्यार्थी संघ, अनेरास्ववियु, अनेरास्ववियु क्रान्तिकारी लगायतका विद्यार्थी संघहरुले समर्थन गरेका छन् । आन्दोलित विद्यार्थी संघले भदौ ३० गते समेत आर्थिक तथा प्रशासन कार्यालयमा तालाबन्दी गरेका थिए । विद्यार्थीहरु आफूहरुले अघि सारेको मागमा सुनुवाई नभए थप चरणबद्ध रुपमा आन्दोलन गर्ने बताएका छन् ।

सम्बंधित खबरहरु


प्रतिक्रिया लेख्नुहोस