२७ आश्विन २०७६, सोमबार

विराटनगरका थारु समुदायले राजनीति चेतना अभिबृद्धिमा जोड दिए

विराटनगर । थारु अगुवाहरुले समुदायमा राजनितिक चेतना अभिबृद्धि गर्नुपर्ने बिषयमा जोड दिएका छन ।
थरुहट/थारुवान संयुक्त संघर्ष समितिले विराटनगरमा आयोजना गरेको बिद्रोह दिवस शिर्षकको कार्यक्रमका सहभागि वक्ताहरुले यस्तो बताएका हुन । राजनितिक चेतना अभिबृद्धि गर्न नसकिएका कारण थारु समुदाय हरेक क्षेत्रमा पछि परेको उनीहरुको भनाई थियो ।
कार्यक्रममा थारु कल्याणकारी सभाका पुर्व सल्लाहकार एवम नेपाली कांग्रेसका नेता भक्तीनाथ माझीले राजनितिक चेतना नभएकै कारण थारु समुदाय अन्य समुदायको थिचोमिचोमा बस्नुपरेको दाबी गर्नुभयो । समुदायलाई राजनितिकरुपले प्रशिक्षित गर्न सकिए मात्र राजनितिक, सामाजिक लगायतका सबै प्रकारका अधिकार हासिल गर्न सकिने उहांले बताउनुभयो ।
आयोजक संस्थाका मोरङ अध्यक्ष प्रदीप भगत थारुले २०७२ साल भदौ ७ गते टिकापुरमा घटेको घटनामा थारु अगुवा र नेताहरुलाई फंसाइएको दाबी गर्नुभयो । उहांँले कारागारमा रहेका नेताहरुको रिहाईको माग समेत गर्नुभयो । थारु समुदायले पुर्णरुपले अधिकार प्राप्त गर्न नसकेको बताउनुहुंदै उहांले अधिकार प्राप्तिको संघर्ष जारी रहेको बताउनुभयो ।

सम्बंधित खबरहरु


प्रतिक्रिया लेख्नुहोस