२७ आश्विन २०७६, सोमबार

प्रदेश २ मा हरित प्रदेश अभियान वृक्षारोपण कार्यक्रम सुरु

जनकपुर । प्रदेश २ का ८ वटै जिल्लामा शनिवारदेखि एकै साथ हरित प्रदेश अभियान वृक्षारोपण कार्यक्रम सुरु गरिएको छ ।
अभियानअन्तर्गत सप्तरीको अग्निसाइर कृष्णासवरण गाउँपालिका ४ मा एकै दिन पाँच हेक्टर जग्गामा २ हजार २ सय बिरुवा रोपिएको छ । प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतको अध्यक्षतमा सागरनाथ वनविकास परियोजनामा बसेको मन्त्री परिषद्को बैठकले वन जंगलको संरक्षण सम्वद्र्धन गर्ने उद्देश्यले प्रदेश २ का ८ वटै जिल्लामा एकै साथ हरित प्रदेश अभियान वृक्षारोपण कार्यक्रम सञ्चालन गर्ने निर्णय गरेको थियो । उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयको आयोजनामा सुरु गरिएको अभियानको महंग्नीको बोट रोपेर प्रदेश २ का सामाजिक विकासमन्त्री नवलकिशोर साहले सुरुवात गर्नुभयो ।
जिल्ला समन्वय समितिका प्रमुख प्रभाकर यादव, प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेल, प्रहरी उपरिक्षक मनोजकुमार यादवका साथै ठूलो संख्यामा उपस्थित स्थानियले महग्नी, टिक, साल, सिसो जस्ता पाँच थरिका विरुवा रोप्नुभएको थियो । सो अवसरमा सामाजिक विकासमन्त्री साहले चुरे क्षेत्र, वन, वन्यजन्तु र जैविक विविधताको संरक्षण गर्न ८ वटै जिल्लामा प्रदेश सरकारले हरित प्रदेश अभियान तथा वृक्षारोपण कार्यक्रम सञ्चालनमा ल्याएको बताउँदै यसमा सहयोग गर्न सबैसँग आग्रह गर्नुभयो । मन्त्री साहले प्रदेश २ मै वन क्षेत्र कम रहेकाले विभिन्न प्राकृतिक प्रकोप तथा वन र वातावरणमा संकट निम्तिदै भावी सन्ततीको जीवनसमेत जोखिममा पर्ने सम्भावना रहेको बताउनुभयो । खाली रहेको निजी तथा सार्वजनिक जग्गामा समेत बृक्षारोपण गर्न सबैलाई उहाँले आग्रह गर्नुभयो । सप्तरीमा हाल १६ प्रतिशत वन क्षेत्र मात्र छ । अभियानका क्रममा यसलाई बृद्धी गरि कम्तिमा ४० प्रतिशत पु¥याउने प्रदेश सरकारको योजना छ । .

बारामा   २० हेक्टर क्षेत्रफलमा वृक्षारोपण

यसैबीच, प्रदेश सरकारको हरित अभियानअन्तर्गत बाराको करिब २० हेक्टर क्षेत्रफलमा वृक्षारोपण गरिएको छ ।
प्रदेश नं. २ का भौत्तिक तथा पूर्वाधार मन्त्री जितेन्द्र सोनलले वृक्ष रोपेर कार्यक्रमको शुरुवात गर्नुभएको थियो । बाराको कोल्हबी नगरपालिकाको वडा नं.३ जुगुवा र वडा नं.५ को बोधवन क्षेत्रमा वृक्षारोपण गरिएको हो । सम्वन्धित साझेदारी वन कार्यालयको संमन्वयमा डिभिजन वन कार्यालय, बाराले आयोजना गरेको उक्त कार्यक्रममा स्थानीय तहका प्रमुख तथा सम्बन्धित साझेदारी तथा सामुदायिक वनका प्रतिनिधिहरुको उपस्थिति रहेको थियो । कार्यक्रममा मन्त्रि सोनलले चुरेको संरक्षण बिना तराईको भू–भाग कँुनै सुरक्षित नरहेको भन्दै सर्व प्रथम चुरे संरक्षणमा ध्यान दिन जरुरी रहेको बताउनुभयो ।

सम्बंधित खबरहरु


प्रतिक्रिया लेख्नुहोस