२६ कार्तिक २०७६, मंगलवार

विराटनगरको आरोहण गुरुकुलमा नाटक महोत्सवको पाँचौ दिन ‘लक्ष्मीपूजा’ मञ्चन

विराटनगर । विराटनगर विद्यालय नाटक महोत्सवको पाँचौ दिन ‘लक्ष्मीपूजा’ मञ्चन भएको छ ।
विराटनगरको सेन्ट जोसेफ स्कुलले हाटखोलास्थित सुशीला कोइराला नाटकघरमा साहित्यकार गोविन्दबहादुर मल्ल ‘गोठाले’को कथा ‘लक्ष्मीपूजा’मा आधारित नाटक मञ्चन गरेको हो । कक्षा १० को पाठ्यक्रममा रहेको सो कथालाई नाट्य रुपान्तरण र निर्देशन आरोहण–गुरुकुल विराटनगरका विद्यार्थी भरत कार्कीले गर्नुभएको हो ।

मञ्चित नाटकले वर्गीय असमानताको मुद्दा उठाएको छ । वर्ग विभेदको खुल्ला स्वरुप हराउँदै गए पनि चाडपर्वमा गरिने तडकभडकले आर्थिक रुपमा विपन्न बालबालिकामा कस्तो असर पर्छ भन्ने विषय नाटकमार्फत देखाइएको छ । नाटकमा सेन्ट जोसेफ स्कुलका कक्षा ९ देखी १२ सम्म अध्ययनरत विद्यार्थीले अभिनय गरेका थिए । नाटक मञ्चन भइसकेपछि विद्यार्थी कलाकार, निर्देशक भरत कार्की र विद्यालयका संयोजक रोहितचन्द्र थपलियालाई आरोहण गुरुकुलका अध्यक्ष भैरव क्षेत्री र अग्रज पत्रकार शंकर खरेलले खादा लगाएर मायाको चिनो र प्रमाणपत्र प्रदान गर्नुभएको थियो । महोत्सवअन्तर्गत भोलि बुधबार सप्तकोशी बो.स्कुलले “छाउपडी” मञ्चन गर्नेछ । विराटनगर महानगरपालिकाको संरक्षण र प्रवद्र्धनमा भदौ २० गतेबाट सुरु महोत्सवमा दैनिक ४ बजेदेखि नाटक मञ्चन हुँदै आएको छ ।

सम्बंधित खबरहरु


प्रतिक्रिया लेख्नुहोस