१३ माघ २०७६, सोमबार

उदयपुरमा माछा मार्न गएकी महिला मृत फेला

उदयपुर । उदयपुरको त्रियुगा नगरपालिका १२ की ४० बर्षीया सुन्तली बोट मृत फेला परेकी छन् । शनिवार बिहान १० बजे घरबाट माछा मार्न भनी बरुवा खोलामा गएकी बोट बेलुकासम्म पनि नफर्किएपछि खोजी गर्ने क्रममा आज बिहान मृत फेला परेकी हुन् ।
बरुवालाई खोलाको दोभानमा मृत अबस्थामा फेला परिएको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ । घटना बारेमा थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।

सम्बंधित खबरहरु



प्रतिक्रिया लेख्नुहोस