१३ माघ २०७६, सोमबार

एभरेष्टको सिङ्गीङ– डान्सीङ आइडलमा को को भए विजेता

विराटनगर । विराटनगर–५ स्थित एभरेष्ट सेकेण्डरी स्कुलले आयोजना गरेको गायन तथा नृत्य प्रतियोगिताको फाइनल स्पर्धा सोमबार सम्पन्न भएको छ । विराटनगरको विरेन्द्रसभा गृहमा सम्पन्न फाइलन प्रतियोगितामा गायन तर्फ सिनियर र जुनियर तर्फ ५ – ५ जना प्रतियोगि फाइनल पुगेका थिए । नृत्य तर्फ भने दुवै समूहबाट ६–६ जना प्रतियोगिले फाइनलमा भाग लिएका हुन् । मंसिरदेखि शुरु भएको प्रतियोगिताको विभिन्न चरणपार गर्दै फाइनल सम्म पुगेका हुन् ।
राष्ट्रिय प्रतियोगिताको झल्को दिने गरि आयोजित फाइनल समारोहमा विद्यालयका बालबालिकाले सामुहिक नृत्य र जेष्ठ नागरिकको सम्मान गर्नुपर्छ भन्ने सन्देश बोकेको हजुरवुवा नामक नाटक मञ्चन गरे ।
प्रतियोगितामा गायन सिनियर तर्फ कक्षा ८ का उत्सव रायमाझी विजेता बने भने फष्ट रनरअप अस्विन थापा र सेकेन्ड रनरअप संस्कार थापा घोषित भए । यस्तै गायन जुनियर तर्फ श्रीदिमा प्रधान प्रथम भइन् भने फष्ट रनरअप आदित्य यादव र सेकेण्ड रनरअप रिद्दि पौडेल भए ।
यसैगरि नृत्य विधामा सिनियर तर्फ मानस्वी खनाल विजेता बनिन् भने फष्ट रनरअप पुर्णिमा पौडेल र सेकेण्ड रनरअप रेनिज राजवंशी घोषित भए । नृत्यको जुनियर तर्फ श्रीदुला खनाल विजेता भइन् भने सारा उप्रेती फष्ट रनरअप र आयुष्मा गिरी सेकेण्ड रनरअप घोषित भइन् ।
प्रदेश १ का सामाजिक विकासमन्त्री जीवन घिमिरेले फाइनल समारोहको उद्घाटन गर्दै यस्ता प्रतियोगिताले बालबालिकामा अन्तरनिहित क्षमतालाई प्रष्फुटन गर्न सघाउ पुग्ने विश्वास ब्यक्त गरे । कार्यक्रममा विद्यालयका प्राचार्य तथा प्याब्सनका केन्द्रीय अध्यक्ष टीकाराम पुरीले बालबालिकालाई औपचारीक शिक्षासँगै सीप र प्रविधिलाई सँगै जोडेर शिक्षा दिनु आजको आवश्यकता रहेको औल्याए । उनले आउँदो शैक्षिकसत्र देखि नै एभरेष्टले कक्षा ७ सम्म पुर्णतया प्रविधि र सीपसँग जोडेर अध्ययन गराउने समेत उद्घोष गरे ।
प्रतियोगिताको विजेता, फष्ट रनरअप र सेकेण्ड रनरअपले क्रमश नगद ५ हजार , ३ हजार, २ हजार सहित शिल्ड र प्रमाणपत्र प्राप्त गरे ।

सम्बंधित खबरहरु



प्रतिक्रिया लेख्नुहोस